साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो देश अचेल काठमाडौँ भएको छ

राजनीति जान्दछ, संस्कार जान्दैन जमाउन जान्दछ, बगाउन जान्दैन कमाउन जान्दछ बनाउन जान्दैन मेरो हो भन्दछ हाम्रो भन्नै मान्दैन ।

Nepal Telecom ad

कसैको कुरा सुन्दै सुन्दैन
आफ्नो विवेकले गुन्दै गुन्दैन
भनेको रत्ति मान्दैन
आफैँ कत्ति जान्दैन
भँडार खनेर आँगन पुर्दै छ
मेरो देश अचेल काठमाडौँ भएको छ ।

आफन्तबाहेक मान्छे चिन्दैन
घुन पिस्छ तर मकै पिस्दैन
वारि र पारिकालाई समान ठान्छ
एउटै मालामा उनौँ भन्छ
घरको काम गर्दै गर्दैैन
परको गर्नुपर्दा पछि सर्दैन
खै कताबाट के रोग सरेको छ
मेरो देश अचेल काठमाडौँ भएको छ ।

हप्तौँ नथुपारी फोहोर उठाउँदैन
नाक पोलिसक्छ, टाउको दुखाउँदैन
राजनीति जान्दछ,
संस्कार जान्दैन
जमाउन जान्दछ,
बगाउन जान्दैन
कमाउन जान्दछ
बनाउन जान्दैन
मेरो हो भन्दछ
हाम्रो भन्नै मान्दैन
देश चलोस् नचलोस् सवारी चलाइरहन्छ
मेरो देश अचेल काठमाडौँ भएको छ ।

बाटो बन्न थालेको वर्षौं भइसक्यो
उस्तै हिलाम्य छ
त्यस्तै धुलाम्य छ
कतै गहिराे खाडल
कतै अग्ला ढिस्का
के खेत के बारी
के कान्ला के टारी
बनिा योजना बाटो खनेको छ
जताततै घर बनेको छ
ढुङ्ग, बालुवा र इँटा बाटैमा थुपारेको छ
मेरो देश अचेल काठमाडौँ भएको छ ।

आफ्नै काका र मामा
‘अङ्कल’ बनेका छन्
आफ्नै काकी र माइजू
‘आन्टी’ भएका छन्
प्यारा दाजु ‘दाइ’ हुन थलेका छन्
आत्मीयता पन िकतै बसाइँ सर्दै छ
धर्म र संस्कृति सह्यार नपाएरै मर्दै छ
स्वार्थ माथि परेको छ
शक्तिले राजनीति गरेको छ
अन्याय उकालो चढेको छ
न्याय ओरालो झरेको छ
मेरो देश अचेल काठमाडौँ भएको छ ।

झापा, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x