साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको मान्छे

बुबा आमालाई, पनि सकसमा, लग्न खोज्दैछ जाली सबै आफ्नालाई, अवसर मिले, ठग्न खोज्ने उचाली भयो मान्छे घाती, हृदय तलमा, छैन यौटै सुकर्म ।

Nepal Telecom ad

छ यो लोभी मान्छे, अधिक चिजको, चाह राख्दै हिँडेको
छ यो भोगी मान्छे, सुखशयलमा, नित्य रम्दै भुलेको
बडो योगी बन्दै, नगरबिचमा, दिव्य अर्ती दिएको
छ हेर्दामा ज्ञानी,तर भ्रम छरी, गाउँ सारा लुटेको ।
(१)
अहो ! यस्तो मान्छे, हरपल यहाँ, ताक्छ मौका विचारी
सधैँ बन्ने स्वार्थी, धनिक छ भने, गर्न खोज्ने चिनारी
सधैँ आफ्ना साथी, सबसित बडो, बोल्छ राखेर दम्भ
म नै जान्ने सुन्ने, भुवनतलमा, भन्छ कस्तो अचम्म ।
(२)
बुबा आमालाई, पनि सकसमा, लग्न खोज्दैछ जाली
सबै आफ्नालाई, अवसर मिले, ठग्न खोज्ने उचाली
भयो मान्छे घाती, हृदय तलमा, छैन यौटै सुकर्म
कसोरी मेट्ने हो, भन सुजन हो, दिक्क लाग्दो विकर्म ।
(३)
छ चिन्तामा मान्छे, अवनितलमा, आस धेरै गरेर
बसेका छन् जप्दै, हरदम यहाँ, द्रव्य पैसा भनेर
कसोरी हट्ला खै, यस तरहको, लालसाको कुकर्म
यहाँ मान्छे पापी, अधिक रहँदा, बढ्न थाले विकर्म ।
(४)
बनेका छन् मान्छे, अधम मतिका, सभ्यता नै बिगार्ने
भएका छन् मान्छे, अबुझ पनका, दिव्य गाथा उधार्ने
सधैँ यस्तै पारा, अझ पनि झिके, डुब्न सक्ने निसानी
मिली हामी जम्मै, अनुपम बने, झुल्किने सत् बिहानी ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x