दुर्गा भमरकोटेस्वास्नी पीडितः सुसेली
सत्य बोल्दछु माया गर्छु उनैको गोडा मल्दछु । बस्छिन् मसँग होली खेल्छ अर्कैले पर्छु म दंग ।

छु है जीवित
तर म झैं को होला
स्वास्नी पीडित ।
चढ्छन् सिढी त
किन हुन्छन् जिवित
स्वास्नी पीडित ?
लेख्छु सुसेली
पीडा बुझ्ने कस्ले हो
छैन उजेली ।
बिहानै उठी
लाग्नुपर्छ कर्ममा
नत्र मर्ममा ।
चिया चमेना
ओछ्यानमा श्रीमती
नयाँ जमाना ।
पशु मर्दछ
घाँस पानी दाउरा
गर्नै पर्दछ ।
भारी खन्यायो
सबै काम सकेर
खाना बनायो ।
उल्टै हप्की छ
उनी किट्टी पार्टीमा
घर बुढी म ।
खाने बेलामा
श्रीमतीको ब्वार्तन
जान्छु मेलामा ।
जोईटिङ्ग्रे छस्
गिज्याउँछन् साथीले
नामर्दनै होस् ।
मेलो सकेर
खनेकुरा बनाइ
बस्छु पर्खेर ।
रक्सी पिएर
साँझ घर फर्किन्छिन्
नाठो लिएर ।
भन्छिन् मान्देऊ
बुच्चे घैटो झिकेर
जाँड छान्देऊ ।
फर्सी छ ठूलो
सुन्तलाको के कुरा
सारै अमिलो ।
बासी ढिंडो म
सम्बोधन दाजुको
काजु खाने त्यो ।
सत्य बोल्दछु
माया गर्छु उनैको
गोडा मल्दछु ।
बस्छिन् मसँग
होली खेल्छ अर्कैले
पर्छु म दंग ।
कतै नि अब
कता गर्ने आदर
छैन मत्लब ।
०००
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































