साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वास्नी पीडितः सुसेली

सत्य बोल्दछु माया गर्छु उनैको गोडा मल्दछु । बस्छिन् मसँग होली खेल्छ अर्कैले पर्छु म दंग ।

Nepal Telecom ad

छु है जीवित
तर म झैं को होला
स्वास्नी पीडित ।

चढ्छन् सिढी त
किन हुन्छन् जिवित
स्वास्नी पीडित ?

लेख्छु सुसेली
पीडा बुझ्ने कस्ले हो
छैन उजेली ।

बिहानै उठी
लाग्नुपर्छ कर्ममा
नत्र मर्ममा ।

चिया चमेना
ओछ्यानमा श्रीमती
नयाँ जमाना ।

पशु मर्दछ
घाँस पानी दाउरा
गर्नै पर्दछ ।

भारी खन्यायो
सबै काम सकेर
खाना बनायो ।

उल्टै हप्की छ
उनी किट्टी पार्टीमा
घर बुढी म ।

खाने बेलामा
श्रीमतीको ब्वार्तन
जान्छु मेलामा ।

जोईटिङ्ग्रे छस्
गिज्याउँछन् साथीले
नामर्दनै होस् ।

मेलो सकेर
खनेकुरा बनाइ
बस्छु पर्खेर ।

रक्सी पिएर
साँझ घर फर्किन्छिन्
नाठो लिएर ।

भन्छिन् मान्देऊ
बुच्चे घैटो झिकेर
जाँड छान्देऊ ।

फर्सी छ ठूलो
सुन्तलाको के कुरा
सारै अमिलो ।

बासी ढिंडो म
सम्बोधन दाजुको
काजु खाने त्यो ।

सत्य बोल्दछु
माया गर्छु उनैको
गोडा मल्दछु ।

बस्छिन् मसँग
होली खेल्छ अर्कैले
पर्छु म दंग ।

कतै नि अब
कता गर्ने आदर
छैन मत्लब ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x