साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा दैवज्ञराजको ११ औं स्मृतिदिवसमा विशेष कार्यक्रम

प्रमुख आमन्त्रितमा- सुरेशराज शर्मा हुनुहुन्थ्यो भने औपचारिक उद्घाटन, सरस्वतीको र दैवज्ञराज नेउपानेको फोटोमा माल्यार्पण, राष्ट्रियगान आदि सकेपछि अर्जुनकुुमार गोगनेले “दैवज्ञजस्ता कवि” शीर्षकको कविता वाचन ।

Nepal Telecom ad

स्रष्टा दैवज्ञराजको ११ औं स्मृतिदिवस २०७९/०९/२३ मा विशेष कार्यक्रमका साथ मनाइयो । दैवज्ञराज स्मृति प्रतिष्ठानको आयोजना रहेको यो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव -प्रह्लाद पोख्रेलबाट र प्रतिष्ठानका अध्यक्ष केदार न्यौपानेबाट भएको थियो ।

प्रमुुख आमन्त्रितमा- सुरेशराज शर्मा हुनुहुन्थ्यो भने स्वागत-प्रतिष्ठानका उपाध्यक्ष लालानाथ सुवेदीले गर्नुुभएको थियो ।
औपचारिक उद्घाटन, सरस्वतीको र दैवज्ञराज नेउपानेको फोटोमा माल्यार्पण, राष्ट्रियगान आदि सकेपछि अर्जुनकुुमार गोगनेले “दैवज्ञजस्ता कवि” शीर्षकको कविता शार्दूलविक्रीडित छन्दमा वाचन गर्नुुभयो ।

कार्यक्रममा ४ जना विशेष व्यक्तिहरू- वासुदेव त्रिपाठी र सीता पोख्रेलको परिचय- कुमार कोइरालाले र
गोपाल पराजुली र जसराज किरातीको परिचय-डा. धनप्रसाद सुुवेदीले गराउनुभयो ।

सम्मानपत्र पनि प्रह्लाद पोख्रेलले २ जनाको र मधुसूदन लामिछानेले २ जनाको वाचन गर्नुुभयो । उहाँहरू चार जनामध्ये प्रा.वासुदेव त्रिपाठीलाई-दैवज्ञ विशिष्ट स्रष्टा सम्मान- रु ५५,५५५/, जसराज किरातीलाई-दैवज्ञ साहित्य पुुरस्कार रु ३३,३३३/-, गोपाल पराजुलीलाई-दैवज्ञ बालसाहित्य पुुरस्कार रु ३३,३३३/- र सीता पोख्रेललाई- दैवज्ञसमाजसेवा पुुरस्कार रु३३,३३३/- सम्मानपत्र सहित प्रदान गरियो ।

सानो भाइ निरूपण न्यौपानेबाट ‘मेरो देश’ कविता लोकलयमा वाचन गरेपछि सीता पोख्रेलका प्रतिनिधि सुरेश गाउँलेले छोटो मन्तव्य दिनुुभयो ।

पुुरस्कृत बाँकी तीन जनाले आआफ्नो मन्तव्य दिनुुभएको थियो । छन्दसारथि रमेश खकुुरेलको सारगर्भित मन्तव्यपछि सुुधा न्यौपाने, प्रमुुख आमन्त्रित र सभाध्यक्षको मन्तव्यपछि सभा समापन भएको थियो । कार्यक्रममा दैवज्ञराज न्यौपानेद्वारा लिखित विभिन्न पुुस्तकहरू इच्छुुक पाठकलाई निःशुल्क वितरण गरिएको थियोे ।

बानेश्वर क्याम्पस तीनकुनेमा सम्पन्न सो कार्यक्रममा डा. यादेवी ढकाल, भावकेशर बराल, खोलाघरे साहिंलो, कोषराज न्यौपाने, डा.धनप्रसाद सुवेदी, भवानी खतिवडा, नगाधिराज, भीम पोख्रेल, चन्द्रप्रसाद न्यौपाने, कुुमार कोइराला, शिवकुमार राई, विपिन कोइराला, धमानसिंह खड्का, डा. तुुलसी भट्टराई, डा. गीता खरेल, केशव खरेल, महेश प्रसाईं, ज्ञानेन्द्र विवश आदि लगायत १५० जनाजतिको उपस्थिति रहेको थियो ।

०००
– खोलाघरे साहिँलोको टिपोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x