साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनै सपनाको महल

यसरी सपनै सपनाको महलमा चहल पहल गर्ने हामी विश्वका नामी, दामी, अनि कामी नागरिक नभए अरु को हुने त ?

Nepal Telecom ad

हामी नेपाली अब विश्वका मानिस भन्दा धेरै समृद्ध र सम्पन्न बन्ने छौं भन्ने कुरामा विश्वस्त हुन सक्छौं । किनभने हामीलाई देखाएको सपनाले यो कुराको पुष्टि गरेको छ । यता फक्र्यो सपना उता फक्र्यो सपना, दायाँ सपना बायाँ सपना, यत्रतत्र सर्बत्र सपनै सपना भएपछि हामी त्यसै समृद्ध र सम्पन्न ।

नेता पनि सपना देखाउने, कर्मचारी पनि सपना देखाउने, किसान पनि सपना देखाउने, भिखारी पनि सपना देखाउने, जोगी पनि सपना देखाउने, घरमा श्रीमानले श्रीमतीलाई सपना देखाउने, बाबुले छोरालाई सपना देखाउने, छोराले बाबु आमालाई सपना देखाउने, गुरुले चेलालाई सपना देखाउने, प्रेमीले प्रेमिकालाई सपना देखाउने, कोही अमेरिका, युरोप, जापान, स्वीटजरल्याण्डको त कोही सिङ्गापुरको, अष्ट्रेलियाको सपना देखाउने । अनि यस्तो जतिखेर पनि जहाँ पायो त्यही जस्तो पायो त्यस्तै सपना देख्न थाले पछि समृद्ध र सम्पन्न नहुने कुरै छैन ।

यसरी नयाँ नयाँ खालको सपनाले हामीलाई जीवनमा नौलो आयाममा परिवर्तन गर्ने कुरामा परिपक्क त हुँदैनौँ तर छुराझैँ धारिलो सपनाले आङ्गको पारिलो सपना भने सदाका लागि बाई बाई हुन्छ । हाई हाई सपना हुनु पर्नेमा देख्नै नपाई बाई बाई हुने सपना मन मष्तिष्कमा समेत बस्नै पाउदैन । रातमा सुतेर भन्दा दिउसै भाषण र आसनमा देखिने यस्ता सपनाहरुले बिपनामा हामीलाई कोतरी रहेको हुन्छ । भनौ हामी नेपाली दिवा सपनाको जपना गर्दै भोलिवादलाई कुरिरहेका छौं र त्यसैको विश्वासमा श्वास प्रश्वास प्रक्रियालाई निरन्तरता दिइरहेका छौं ।

केही समयदेखि हामी सपनै खाएर अघाउँछौ र सपनैले चुठेर सपनैले चिसो हात पुछ्छौ । सपनै डकारेर बिरामी हुन्छौं र सपनाकै अस्पतालमा उपचार गराउँछौं । सपना खाएरै हामी बिरामी हुन्छांै । अनि सपनाकै ओछ्यान बनाएर त्यसैमा सुत्छौं भने ओढ्ने पनि सपनाकै बनाउँछौं । कतै यात्रा गर्दा सपनामै चढेर हिड्छौं भने सपनाकै महलमा बसेर ऐस आराममा मस्त भैरहेका छाँै । भनौ विगतदेखि वर्तमानसम्म हामीलाई दिवा सपनाको भूतले अछुत बनाएको छ ।

सबैले सपनाकै कुरा गर्छन् । समृद्ध र सम्पन्न मुलुक बनाउनु छ भने सबैले सबैलाई सपना देखाउन सक्नुपर्छ । जसरी हामी हावाको सपना देखिरहेका छौं । विकासको ठाउँमा विनासको सपना, सफा सुन्दर हराभरा सडकको ठाउँमा खाल्डाखुल्डी र पानी नै पानीले पोखरी वा नदीझैँ भएको सपना पनि बिपनामा देखेका छौं । जुन परिवर्तन कै सपना हो । यस्तो सपना देखेर रमाउनु हाम्रो अहोभाग्य हो । यस्तो सपना विश्वका कुनै पनि मुलुकका जनताले देख्ने अवसर पाएका छैनन् र देख्ने पनि छैनन् । हामी नेपाली नै यस्तो सपना देख्ने पहिलो नागरिक हौ जस्तो लाग्छ मलाई त ।

कोही विवाह नै नगरी सन्तानका मालिक भएको देख्दा हुन् भने कोही अपराध गरेर पनि निर्दोष सावित भएको सपना देख्दा हुन् । कोही अन्यायमा परेर पनि न्याय पाएको सपना देख्दा हुन् । भनौ सपना हाम्रा लागि राष्ट्रिय विकासको आधार भएको छ । बालुवामा पानी जहाज कुदाउने सपना पनि देखियो भने हावाले बिजुलीको पोल ढालेर तार चुँडिदा अन्धकारमय रुपमा हावाले बिजुली बालेको सपना पनि देखियो । देख्नु पर्ने सपनाहरू प्राय सबै देखियो भने अब नदेख्नु पर्ने सपनाहरु देख्न बाँकी छ । त्यो पनि कुनै दिन कसैले देखाउलान् भन्ने आशामा निराशा जनक रुपमा बस्नु पर्ने दिन नआउला भन्न सकिन्न ।

सपना न हो आखिरी गरीबले पनि देख्नुपर्छ भोग्नुपर्छ । उसले पनि आफू जीवनमा घरको मालिक बन्न नपाए पनि सपनाको महलको मालिक भएको सपना देख्न पाउनु पर्छ । सपना देख्न पाउनु उसको नैसर्गिक अधिकार हो । सपना नदेखाउनु भनेको जनता जनार्दनलाई ठग्नु हो, ढाँटनु हो । अहिलेको अवस्थामा सपना देखाउने नजान्ने मान्छे वा भनौ नेता, कर्मचारी, व्यापारी, भिखारी, जोगी लगायतकाले कुनै कामै गर्न सक्दैनन् । सबै कुरा सपनाकै भरमा चलेको छ, जलेको छ, टालेको छ, फलेको छ, फुलेको छ, लुटेको छ, जुटेको छ । राती देखिने सपना त मिथ्या हो झूठ हो । अरुले देखाउने सपना सत्य हो, मर्म हो, कर्म हो, ब्रह्म हो, अनि धर्म पनि हो । यसरी सपनै सपनाको महलमा चहल पहल गर्ने हामी विश्वका नामी, दामी, अनि कामी नागरिक नभए अरु को हुने त ?

अझ तरकारी समेत खान नसकिने सरकारी सपनाको त यहाँ कुरै नगरौं । सपनामा थालमा दालभात देखेकै भरमा अघाउनु पर्ने अवस्थामा रहेका हामीले अब यो भन्दा बढता सपना के देख्नु र ? जति सपना देखे पनि देख्नेले पाएको विवरण देखाउन कोही तयार हुँदैनन् भने यस्तो अजम्बरीको सपना फेरिफेरि देख्न पाइन्छ कि पाइन्न भनेर चिन्ता लाग्न थालेको छ ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x