साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह कव्वाली- क्या कव्वाली !

हरे ! यति गर्दा पनि सुन्नु पर्‍यो दे दनादन- ठेकेदारको तथानाम गाली किनकी कविताका साथै प्रत्येक भाषणमा पनि हामीले बजायौं ताली, चिच्याउँदै त्यही ‘वाह कव्वाली- क्या कव्वाली’ । ‘वाह कव्वाली- क्या कव्वाली’ ।

Nepal Telecom ad

आफ्ना वृद्ध कवि बुबाको
सुन्दा सुन्दा अनुरोध, भए आजित,
बुबालाई खुसी पार्न छोराहरूले
विशेष कवि गोष्ठी गरे आयोजित ।
कवि थिए साठ- श्रोता थिए सात ।
ती पनि थिए कोलकोताका भोपाली
राम्ररी नबुझ्ने नेपाली ।
तर गजब बजाइराखेका थिए
प्रत्येक लाइनमा जोरदार ताली
चिच्याउँदै
“वाह कव्वाली- क्या कव्वाली”,
“वाह कव्वाली- क्या कव्वाली” ।

मैले जब गरें उनीहरूसँग संवाद
त्यसको सुन्नुस् यो नेपाली अनुवाद
हामी त छौं मञ्च बनाउने कामदार
आएका थियौं फूलामाला झुण्ड्याउन
गोष्ठीका लागि मञ्च सजाउन,
आएका श्रोता पनि सबै
कोही ‘प्रमुख अतिथि’
‘विशेष अतिथि’ त कोही
‘आमन्त्रित अतिथि’
बनेर मञ्चमा बसिदिँदा
जब तल भयो श्रोताका सबै कुर्सी खाली
आयोजकको इज्जत जोगाउन
ठेकेदारले थपेर हाम्रो पारिश्रमिक
बजाउन लगायो लयमा ताली
र पो हामी चिच्याउँदै छौं-
‘वाह कव्वाली- क्या कव्वाली’
‘वाह कव्वाली- क्या कव्वाली’ ।

हरे ! यति गर्दा पनि
सुन्नु पर्‍यो दे दनादन-
ठेकेदारको तथानाम गाली
किनकी कविताका साथै
प्रत्येक भाषणमा पनि हामीले
बजायौं ताली, चिच्याउँदै त्यही
‘वाह कव्वाली- क्या कव्वाली’ ।
‘वाह कव्वाली- क्या कव्वाली’ ।।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x