साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रसरङ्ग

त्यहीबेला कार्यालय प्रमुख आएर जाउँ जाउँ भन्दै मलाई लिएर हिडिन् । महिला गार्ड भने ट्वाँ परेर हामीलाई हेर्दै थिइन् ।

Nepal Telecom ad

रसरङ्ग- १ ड्राईभरको बानी

हाकिमसाब छउन्जेल कार्यालयका ड्राईभरले मलाई एकदिन तपाईलाई मेरो तर्फबाट खाजा ख्याउँछु हाकिमसाब जाउँ कि जाउँ भनेर लिँडेढिपी कस्न थाले । हुन्छ त भनेर उनको साथ लागेर एउटा होटेलमा गयौँ । खाजा मगाए र साथमा राष्ट्रिय झोल पनि । खाजा खाँदै राष्ट्रिय झोल तन्काउँदै थियौं । झोलभित्र छिरेको एकछिनपछि त ड्राईभरले दुइटै हात माथि उठाएर ठूलो ठूलो स्वरमा दोहोर्‍याएर तेहेर्‍याएर हाँस्दै भने- हाकिमसाब छउन्जेल मलाई के को पीर ! उनी भन्दै थिए- मैले त ठट्टा गर्‍या है हाकिमसाब ! नमीठो नमान्नु होला ।
ठट्टाको भाषा बोलेर लट्टा पार्ने त उनको पुरानो बानी पो रहेछ ।

रसरङ्ग- २ आगन्तुक रजिष्टर

केही समयअघि टेलिकम कपनको कार्यालय प्रमुख भएर उनी त्यहाँ आइन् । एकदिन उनले मलाई फोन गर्दै भरे चाँडै लिन आउनु है भनिन् । कार्यालय समयमै लिन गएँ । टेलिकमभित्र छिरेपछि महिला गार्डले आगन्तुक रजिष्टरमा नाम, ठेगाना, मोबाइल नं. लेख्न भने । मेरो पालो ठट्टा गर्दै कार्यालय प्रमुखको नाम, ठेगानामा सरस्वतीनगर लेखेँ । उनले हेरिरहेकी रहिछन् र मलाई भनिन्- तपाईं केटा मान्छे भएर केटी मान्छेको नाम लेख्ने, आफ्नै नाम लेख्नुस् ! मैले भने- तपाईंकै कार्यालय प्रमुखको नाम लेख्या त हो नि ! अहँ हुँदैन भन्दै थिइन् । त्यहीबेला कार्यालय प्रमुख आएर जाउँ जाउँ भन्दै मलाई लिएर हिडिन् । महिला गार्ड भने ट्वाँ परेर हामीलाई हेर्दै थिइन् ।

रसरङ्ग- ३ उपहार

माओवादी निकट महासंघका अध्यक्षलाई भेट्न गएँ म । मैले लेखेका कृति विक्रीबाट जे जति पैसा पाउँछु त्यो पैसा सबै मिर्गौला पीडित र अनाथ बालबालिकाहरूलाई सहयोग गर्दैछु, त्यसका लागि यहाँबाट केही सहयोग मिल्थ्यो कि भनेर आएको सर भनेँ । मेरो कुरा सुनेपछि उहाँले कृति हेरौँ भन्नुभयो । मैले दिएँ । उहाँले सरसर्ती हेर्नुभयो र भन्नुभयो- तपाईंले मेरो नाम लेखेर उपहार भनेर लेख्नुस्, सही गर्नुस्, आजको मिति लेख्नुस्, अनि मलाई हस्तान्तरण गर्नुस् । उहाँले जे जे भन्नुभयो मान्दै गएँ । कृति धेरै किनिदिने भए भनेर म मनमनै दङ्ग परँे । सहयोग त जुटेन । उहाँको कृति उपहार लिने तरीका देखेर मलाई औधी हाँसो लाग्यो ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x