साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुँडीखेल !!

पाउदेखि शिरसम्म छिर्के छ्याकटे जिङ्ग्रिङ्ग हड्डी सुकेको नरकङ्कालझैँ साझा प्रयोगशालाबाट झिकेर फुत्त कठोर यातनाको जेलभित्र विचित्र कोचिएको छ किन ??

Nepal Telecom ad

खिया लागेका
फलामका तार
ठड्याएर वरिपरि
शरीरभरि
जिङ्ग्रिङ्ग
सुकेका
खरखरुकीका
भुत्ला टँसाएर
विना अपराध
किन हो कुन्नि ?
मलाई
जञ्जीरले बाँधेर
जेलभित्र राखिएको छ अहिले
खेल्थेँ
सुन्दर बालकहरू
सजाएर छातीमा
बाबुआमाका
घरअभिभावकका
तन तताएर
मन रमाएर
चाहनाभरि
खुवाउँथेँ सुन्तला
भोगटे
बदाम
ओच्छ्याएर
घामका दरीमा
दुबाका गलैँचामा
सेवभाव
मानवताको उत्कर्षभित्र
आनन्दको अनन्त फिजाएर
चन्द्राहार बटुल्दै रातको
र किरणहरू जम्मा गर्दै दिनको
उपहार बाँड्दाबाँड्दै मानवताको
खै
किन हो कुन्नि?
अनायास मलाई
हातमा हत्कडी
र खुट्टामा ठिङ्गुरा ठोकेर
अररो जेलभित्र कोचिएको छ
निरङ्कुशता
लादिएका बेला
पटकपटक
प्रमिथस जम्मा गरेर
बुध्द जम्मा गरेर
गान्धी बटुलेर
स्वतन्त्रताको
मसाल बालने मै हुँ
तानाशाहको बोसो
पगाल्ने मै हुँ
विशाल जनमन जम्मा गरेर
हिट्लरका बन्दुकको
बारुद निकाल्ने पनि
म नै हुँ
जिउस दरवारका पर्खालमा
आगो सल्काउने पनि
म नै हुँ
तैपनि
किन हो कुन्नि ?
अघोषित
-न मुद्दा हाल्छन् अदालतमा
-न खोल्छन् फलामका अग्ला ढोकाहरू
विना काम
विना कसुर
खिया लागेका
फलामका जञ्जीरले बेरेर
चारैतिर
मेरा कलिला
नानी खेल्ने छातीमा
बुध्दका
बानी चुम्ने गालामा
प्रणयका
नानी घुम्ने काखमा
एकाएक
किन हो कुन्नि ?
बोटबाट छुटेका पातहरू
मुखबाट छुटेका जुठाहरू
रछानबाट छुटेका फोहोरहरू
हिर्काएर
शिरदेखि पाउसम्म
पाउदेखि शिरसम्म
छिर्के
छ्याकटे
जिङ्ग्रिङ्ग हड्डी सुकेको
नरकङ्कालझैँ
साझा प्रयोगशालाबाट
झिकेर फुत्त
कठोर यातनाको
जेलभित्र
विचित्र
कोचिएको छ किन ??

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x