साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

गाला, हात, शरीर चाउरिसक्यो हेर्ने उज्यालो लुक्यो मात्रै भोगविलासले तर यहाँ कर्तव्य हाम्रो चुक्यो लुट्दैछन् जसले गएर उसकै गर्छौँ प्रशंसा ठुलो बल्दैनन् तर भ्रष्टका चरणमा ज्यू ज्यू नगर्दा चुलो ॥

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा सान्त्वना  पुरस्कार प्राप्त कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

हामी ठुस्स गनाउँछौ किन भने पालेर बस्छौँ तुस
हाम्रो पेट फुल्यो नि बेलुनजसै खाएर टन्नै घुस
छोड्छौँ फुस्स कहाँ चुहिन्छ कसरी पाइन्न पत्तो पनि
हाम्रै काण्डहरू बजारभरिमा बिक्छन् अहो फन्फनी ॥

हामीबाट लुटेर आज उसले थप्दैछ आफ्नो तला
हेर्छौँ ट्वाल्ल परेर ट्वाँट मनुवा लुट्नेहरूको कला
हामीले पनि कुम्भकणर् गुरुको पायौँ ठुलै आशिष
डुब्दा देश सुतीरह्यौँ बहरझैँ फ्वाँ फ्वाँ गरी मानिस ॥

गाला, हात, शरीर चाउरिसक्यो हेर्ने उज्यालो लुक्यो
मात्रै भोगविलासले तर यहाँ कर्तव्य हाम्रो चुक्यो
लुट्दैछन् जसले गएर उसकै गर्छौँ प्रशंसा ठुलो
बल्दैनन् तर भ्रष्टका चरणमा ज्यू ज्यू नगर्दा चुलो ॥

पढ्ने वा नव कार्यको समयमा म्यासेज कुर्दै बस्यौँ
प्रेमीको उपहार किन्दिन पर्‍यो लाखौँ गुमायौँ फस्यौँ
पर्छन् जो मनुवा विचार नगरी यो प्रेमको जालमा
जाकिन्छन् मदिरा पिई विरहमा बेकामको तालमा ॥

गर्छन् भाषण चोकमा खुब बसी, कुत्ताहरूले पनि
टेक्छन् गोबर मार्गमा नि महँगा, जुत्ताहरूले पनि
छाती भित्र गढेर गुम्सिरहने, के दम्भ पाल्छौ भन
थाहै हुन्न कहाँ पुगेर कसरी ढल्नेछ यो जीवन ॥

०००
कास्की पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x