साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बौद्धिक प्रदूषण

कता मात्रै छैन भन्नु र खै बेलै नपुगी तुहिएको छ काँचा दिमागबाट चुहिएको छ पार्टीका मेनुफेस्टोहरूमा कुहिएको छ ठुला ठुलाका भाषणमा पार्टी कार्यालहरूयबाट तप्पतप चुहिएको छ ।

Nepal Telecom ad

होम सुवेदी :

भन्छन्
सर्पले
आफ्ना खुट्टा आफैँ देख्छ अरे
सोहीअनुसार
अरूलाई डस्ने स्वभाव भएकोले
हामीले पनि
आफ्ना खुट्टा आफैँ देखेका छौँ
अरूले नदेखून् भनेर
बौद्धिकताको गनाउने पर्दाले
छेकेका छौँ
यी मान्छे
अरूका कुरा मात्र गर्छन् नभनियोस्
त्यसैले सुरुमै
आफू र आफूजस्ताको
आआफ्नो अवस्था
नलुकाईकन
यसरी खुलस्तसँग लेखेका छौँ
हाम्रो यथार्थ खुलस्त गरेँ नि
हाम्रा कुरा
यहाँहरूसामु
सुरुमै यसरी छरेँ नि
किनभने
म पनि बौद्धिक नै परेँ नि ।
अरूले ठानेजस्तै
मैले पनि ठान्ने गरेको थिएँ
मैले पनि मेरो बौद्धिकतालाई
महान् आभुषण मान्ने गरेको थिएँ
यसैको जाल थापेर
माथि लम्किएका अरूका पाउ
तलतिर तान्ने गरेको थिएँ
बौद्धिकताको शब्दका पचकाले
दृश्यादृश्यतिर हान्ने गरेको थिएँ
मानौँ म पनि
बौद्धिकताको आङ्कुसेले
अर्काको खुट्टा तान्ने गरेको थिएँ ।
हे महान् बौद्धिक गण
यहाँहरूकै जस्तो बौद्धिकता
फैलिएको छ मभित्र पनि कणकण
कसैले त्यसलाई मान्लान् आभुषण
तर बोध भो मलाई
यो नै रहेछ मभित्रको महाप्रदूषण ।
कोठाकोठाहरूबाट निस्कने प्रदूषण
भान्साभान्साहरूबाट निस्कने प्रदूषण
चर्पीचर्पीहरूबाट निस्कने प्रदूषण
बाथरुमबाथरुमहरूबाट निस्कने प्रदूषण
ढल सफा गरिएझैँ गरिएला
दुर्गन्धमाथि अत्तर छरिएला
अनि सोहोरेर
बन्चरे डाँडामा फालिएला
कति सडाइएला
कति बालिएला
तर नसकिने भो
दिमागबाट निस्कने प्रदूषण फालेर
कता मात्र राख्नु यसलाई पालेर
नसकिने भो यो निस्कने छिद्र टालेर
कसरी बाँच्न सक्नु
रातदिन नाक टालेर !!
कहिले एकेडेमीबाट सल्कन्छ
कहिले पार्टीप्यालेसहरूबाट छचल्कन्छ
कहिले बडो सुकिलो भएर टल्कन्छ
कहिले नेताहरूका दिमागमा झल्कन्छ
कहिले दरबारमा आरामसँग ढल्कन्छ
कहिले भल भएर निस्कने गर्छ
कहिले मल भएर निस्कने गर्छ
कहिले छल भएर निस्कने गर्छ
कहिले दल भएर निस्कने गर्छ
कहिले बडो प्रेमिल भएर
जिस्कने गर्छ
अनि कहिले
गजल भएर निस्केने गर्छ ।
यसको दुर्गन्धबाट बच्न
नसकिने भो
यसभित्र म आफैँ फसेँ
यसको नर्कमा म आफैँ खसेँ
बौद्धिकता नै महान् हो भनेर
निकै थरिको चन्धन घसेँ ।
आज त यसले
सर्वत्र ढाकेको छ
समाज फतक्क पाकेको छ
सिङ्गो समाजलाई यसले
सिधा ताकेको छ
अब कहाँ मात्र छैन यो प्रदूषण
सामाजिक सञ्जालमा फालिएको
बौद्धिक प्रदूषणले
समाज नै ह्वास्स गनाएको छ
पत्रपत्रिकामा फालिएको
बौद्धिक प्रदूषणले
प्रेसलाई नै धराप बनाएको छ
सञ्जालका कुनाकुनाबाट
अनेक थरिका टुनामुनाबाट
टोलटोलबाट
चोकचोकबाट
अहिले त गाउँ गाउँबाट
ठाउँ ठाउँबाट
छेउछाउहरूबाट
भित्ताभित्ताहरुबाट
उब्जिएका यस प्रदूषणले
सिङ्गो देश नै गनाएको छ
आफ्नो अस्तित्व जनाएको छ ।
कता मात्रै छैन भन्नु र खै
बेलै नपुगी तुहिएको छ
काँचा दिमागबाट चुहिएको छ
पार्टीका मेनुफेस्टोहरूमा कुहिएको छ
ठुला ठुलाका भाषणमा
पार्टी कार्यालहरूबाट
तप्पतप चुहिएको छ ।
बौद्धिकताको प्रदूषण
दिमागमा नपालेको
एकाङ्गी चस्माले आँखा नटालेको
ए कोही ता आओ न
म र हामीभित्र भएको
यस प्रदूषणलाई
रिसाइक्लिन गर्न
यसको भाइरस मार्ने
कीटनासक छर्न
यसले आँट्यो देशै विध्वंश गर्न
ए कोही छौ भने आओ न
ए कोही छौ भने आओ न ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x