साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तराईका हाट बजार

छ यो पेट पापी न ठोसी न चल्ने छ यौटै उपायै दिवा रात ढाल्ने । हरे! जिन्दगी यो न धानी नहूने नसोँची रचे छौ विधाता तिमीले ॥

Nepal Telecom ad

शिव नेउपाने :

कतै भोँ पु रिक्सा कतै ट्याँ टु टोटो
घुमेका ति यात्री उतारेर फोटो ।
यता चायवाला गरम् चाय भन्छ
उता छट्टु चोरी लुकी माल गन्छ ॥

कतै यात्रु घुम्छन् नियालेर दृष्य
कतै माल मत्ता बिकेका बिचित्र ।
कतै खेल जादू मलामी र जन्ती
सितारे हुटेल् छन् गगन्चुम्बवन्ती॥

कतै रेल ट्वाँ ट्वाँ कतै प्लेन ह्वाँ ह्वाँ
कतै कारखाना उगेल्छन् कु-धूवाँ ।
बगेको छ नाली भई उग्र मैलो
नुहाऊँ छ कोही त्यहीँ भाँडभैलो ॥

हतारै हतार् मा कुदेको छ मान्छे
कुनै गल्लि छैनन् बिना भीड मान्छे ।
घुमन्ते फिरन्ते मगन्ते बसेका
कतै छन् जटावाल् खरानी घसेका

कतै झोपडी छन् कतै भव्य दर्वार
कुनै गल्लि छेऊ सुतेको छ घ्वाँर् घ्वाँर् ।
लदेका लदैछन् बहूचक्कि टाटा
जतै पाइदैनन् बिना भीड बाटा ।

कतै छैन खाली न ढाबा न पाइ्खान्
न खाली छ मन्दिर् न खाली छ गोस्खान्
कुनैे अञ्जुली त्यो पसारेर माग्छ
कुनै चाल मारी सबै चोरि भाग्छ ।

सडेको गलेको कुहेको छ खाद्य
नखाई नहूने परेको छ वाध्य
पसीना बगाई कमाएर कौडी
भरीया भरेको छ भूँडी र भौडी ।

उदाङ्गो छ गल्ली त्यहीँ पाक्छ प्याजी
छ धूलो र मैलो न खाना छ साजी।
डुबेका अनेकौँ भुसूना र झीँगा
छ पानी धमीलो न वर्तन् सुकीला ॥

छ यो पेट पापी न ठोसी न चल्ने
छ यौटै उपायै दिवा रात ढाल्ने ।
हरे! जिन्दगी यो न धानी नहूने
नसोँची रचे छौ विधाता तिमीले ॥

अहो क्या छ चाला ठुलो त्यो शहर्को
जमेको छ मान्छे जीवन् धान्न चर्को
दिनै रात चल्ने अनेकौ व्यपार
बिचित्रै रहेछन् तराई बजार ।

०००
राउते रुम्तेक, सिक्किम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परेवाको धम्की….

परेवाको धम्की….

शिव नेउपाने
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x