साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई प्रजातन्त्र लागेको छ

शहिद हुनेहरू भए हुँदै रहुन् तिनकै सपनाहरूको ओथारो कोरल्दै तिनकै आदर्शहरूको बर्को ओढ्दै यो बहादुर सेनानीलाई बाघ भएर एकपटक आफ्नै डमरुलाई झम्टिने सपना जागेको छ ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

सेप्रिएको पेट फुल्दै आएछ
चाउरिएको अनुहारमा आँखाको चहक खुल्दै आएछ
भोज, भत्ता र भ्रमण भन्नु नै प्रजातन्त्र रहेछ
यो ढाडे बिरालोलाई तर मारेर पुग्दैन
तातो चुलोमा ढलीमली गर्दै उग्राउन पनि पाउनुपर्छ ।

कहिलेकाहीँ दाँतहरू चिलाएका हुन्छन्
मुसा छुचुन्द्रा चपाउन पाउनुपर्छ
कहिलेकाहीँ नङ्ग्राहरू सकसकाएका हुन्छन्
अंगेनामाथिका भार र भित्ताहरू कोपर्न पाउनुपर्छ ।

ज्वाइँ भान्जा, साला, भतिजाहरूको जमात रहेछ प्रजातन्त्र
तिनैको भलाइमा दिनरात यो तपस्वी ज्यान हाड घोट्दै छ
यता मानव अधिकारको पनि सवाल छ
त्यसैले बेलाबेला डार्रडुर्र झगडा गर्दै
विपक्षीहरूलाई झम्टिन र चिथोर्न पनि पाउनुपर्छ ।

कहिलेकाहीँ लहड चल्दा तिनै सामन्त संधियारहरूलाई
लाछलुछ र काटकुट पार्न पनि पाउनुपर्छ
शहिद हुनेहरू भए हुँदै रहुन्
तिनकै सपनाहरूको ओथारो कोरल्दै
तिनकै आदर्शहरूको बर्को ओढ्दै
यो बहादुर सेनानीलाई बाघ भएर एकपटक
आफ्नै डमरुलाई झम्टिने सपना जागेको छ ।

डाइने बोक्सी होइन, भूतप्रेत पनि होइन
गाँजा चरेस भनौं, त्यो पनि होइन
सायद मलाई त हिजोआज
प्रजातन्त्र लागेको छ
मलाई प्रजातन्त्र लागेको छ ।

०००
‘हस्ताक्षर’ आँखा स्वयंसेवी प्रकाशन, (२०६०)
‘नेपाली हास्यव्यङ्ग्य कविता’ भैरव पुरस्कार गुठी (२०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x