साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ई चाकरी

ती चाहिँ आज बुझियो अलि आश राख्छन् हामी उतैतिर मिलौँ कि भनेर खोज्छन् जे गर्दछन् असल लेखिदिऔँ कि ठान्छन् मागौँ उनीसित र पेट भरौँ कि मान्छन् ॥

Nepal Telecom ad

रमेश खकुरेल 

हेर्छन् उतातिर फिरी शिर माथि लाई
चश्मा छ नेत्रभरि टम्म सबै लुकाई
केही बुझिन्न मनभित्र कुरा कसो छ
अन्दाज चाहिं छ अवश्य यसोउसो छ ॥

सोझै त छैन तर दृष्टि कुना यता छ
बोल्ने त हैन तर देख्छु जुँघा उचाल्छ
बोल्यो भने पद समान हुँदैन झैं छ
इच्छा कतै छ नभनी पनि हुन्न झैं छ ॥

हामी बरा पदहरूसित मित्रता ली
लेख्छौं छ जे तथ कतै कटुता नपाली
आनन्द लेख्नु छ यही सुखमा रहन्छौँ
साथी भए पनि सुखी नभए रुँदैनौँ ॥

ती चाहिँ आज बुझियो अलि आश राख्छन्
हामी उतैतिर मिलौँ कि भनेर खोज्छन्
जे गर्दछन् असल लेखिदिऔँ कि ठान्छन्
मागौँ उनीसित र पेट भरौँ कि मान्छन् ॥

“ई” को अरे युग सबैतिर फैलिएको
यो चाकरी यदि गरे गुण चम्किएको
“ई” चाकरी सब गरून् यति खोज्दछन् रे
ईः चाकरी ! कलमचालक भन्दछन् रे ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x