साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेट मिची मिची हासौँ

परिवार चलाउने योजना नभएकाहरूको राजनीतिक योजना सुनेर हाँसौँ चिउराका बोट नचिन्नेहरू कृषि नीति निर्माता हेरेर हाँसौँ विद्यालय प्रवेशै नगर्नेहरूको शिक्षा योजना पढेर हाँसौँ ।

Nepal Telecom ad

संप्रस पौडेल :

जब गग्रेटोबाट तामाको गाग्री बेपत्ता भएर
लोहोटासँगसँगै ‘कबाड’ नाममा बिहार पस्छ
भान्छामा भर्खरै रित्तिएको कोकको रित्तो बोत्तल
टेबलबाट फुत्त भुइँमा झरेर
बडो हल्कासँग नाच्दै रमाउँदै भन्छ
– ए मान्छे डोकोमा गाग्री बोकेर बेसी झर्ने दिन गए
– कम्मर र काँधमा गाग्रो बोकेर पँधेरा कुर्ने दिन गए
– हिजो आम्खोरा खोज्न बजार पुगेको मान्छे
आज प्लास्टिकको बोत्तल दैलोमैँ नमस्कार गर्दै आइपुगेको छ,
– ए विज्ञानका दास,
एकफेर आफ्नै विवसतामा पेट मिचिमिची हाँस् ।

भिसा लिएर एक खुट्टो उचालिसकेको मदानीले
बडो बिह्वल हुँदै ठेकीलाई आलापबिलापमा
भन्छ सम्झाउँदै
“दार र साँदनका रुखहरूबाट सिर्जिएका हौँ हामी
न तिमीले पानी अड्याउने गाग्री बन्न सक्यौ
न मैले बिजुली निकालिदिने टर्बाइन बन्न सकेँ”
ऊ थप्छ-
“मृत्यु एकैदिन हो तिम्रो र मेरो ।
तर तिमीलाई सँधैको हतारो ।”

तब आफन्त छरछिमेकीले पनि दुःख पाएको देखेर
मुर्छित ठेकी ब्युझँदै भन्छ
– आइज एकफेर ‘द लास्ट सपर’ मा नेती लगाएर रित्तो नाचौँ
– मृत्युको खुसियालीमा पेट मिचीमिची हाँसौँ ।

सँगै बसेका २ थान मध्ये एउटा तारा
भर्खरै खसेको छ आकाशबाट
उहिबेला,
– पूर्वियाहरू हेर्न हुन्न भन्दाहुन्
– पश्चिमाहरू इच्छा माग गर्दा हुन्

विश्वासको ताँदो बलियो पारेर गासौँ
विश्वास-अविश्वासको खाडलमा बसेर पेट मिचिमिची हाँसौँ ।

ए मान्छे,
पहिलो पटक अट्टहासमा कहिले हाँस्यौ ?
पछिल्लो पटक गुञ्जायमानले कसलाई हसायौँ ?
सिके कि सिकेनन् ? – रोइरहेकाहरूले तिम्रो जीवनबाट हाँस्न
सम्झे कि सम्झेनन् ? – हाँस्नै बिर्सेकाहरूले मुसुक्क मुस्काउन
ए मान्छे,
हलल हाँस । गलल हाँस । ङिच्च हाँस । फिस्स हाँस ।
तिमीलाई सुहाउने नै हाँसेको हो ।
मुख छोपीछोपी हाँस, श्वास रोकी रोकी हाँस
हाँस्नेहरूको समूह जोड्दै जोड्दै हाँस
पेट मिचीमिची त ग्यास छोड्दै छोड्दै हाँस ।

आस्थाको नाममा विज्ञानलाई
गुमराहमा पारिरहेकाहरू हो, मुख खोल
समाजका डरमा मुख छोपेर
हाँसो पचाइरहेकाहरू हो हटाउ हातको पर्दा
नहाँस्ने कसम खाएकाहरू हो
दुइथोपा नाइट्रस अक्साइड सुँघाएर भए पनि
आफूलाई हसाउनु पर्छ तिमीले अब ।

हाँस्ने घटनाहरू
खोतली खोतली हाँसौँ
स्वस्थ र तन्दुरूस्त भएर बाँचौँ ।
१.
हजुरबाको दाँत त्यही दिन खस्छ
जुन दिन नातिनीको पनि त दाँत खस्छ
हाँसी हाँसी हजुरआमाजत्तिकै बाँचौ
आउनोस् पेट मिचीमिची हाँसौँ ।

२.
अख्तियारको चिठी आएलगत्तै
यता चियाअड्डामा ज्योतिष बाजे भन्छन्
दामबहादुर भेन्टिलेटरमा पुगेका छन्
“हामीलाई पो गाह्रो ता नि नानी,
पैसा हुने जहाँ पनि जान्छन् ।”

यस्तै विद्वानहरूको विगविगीमा नाचौँ
स्वस्थ बाँचौँ, पेट मिचीमिची हाँसौँ ।

३.
अघिल्लो महिना नियुक्ति भएका
शिक्षकको बिहेपछि
विद्यार्थीले चिठी लेखेका छन्
– गुरूबा, कृपया घरको रीस घरमैँ राख्नुहोला ।

घरघर रत्यौलीमा नाचौँ
पेट मिचीमिची हाँसौँ ।

४.
कपालै नभएको डाक्टरको
कपाल उमार्ने ग्यारेन्टी सुनेर हाँसौँ
दीर्घरोगी धामीझाँक्रीको
बिरामीमाथिको प्रयोग हेरेर हाँसौँ
पत्रिका पढ्न नसक्ने पत्रकारको
खुबी देखेर हाँसौँ
परिवार चलाउने योजना नभएकाहरूको
राजनीतिक योजना सुनेर हाँसौँ
चिउराका बोट नचिन्नेहरू
कृषि नीति निर्माता हेरेर हाँसौँ
विद्यालय प्रवेशै नगर्नेहरूको
शिक्षा योजना पढेर हाँसौँ ।

५.
हाँसो के हो पूरातत्वविद्लाई सोध्नुपर्ने
हाँस्ने कतिखेर हो
गुगल तालिका हेर्नुपर्ने
खुसी बाँड्नै नजान्ने
खुसी हुनै नजान्ने

हाँस्दा पनि बिजुलीको बिल बढ्ने ठान्ने
किरन्टोकीको अनुहार हेरेर हाँसौँ ।

जीवनका हरेक फन्कोमा,
कामको दबाबको रन्कोमा,
घरपरिवारका साथमा
प्रियसीका वातमा
सङ्गीसँगको भेटमा
अर्कैसँगका च्याट अनि
हाकिमका च्याम्बर र पालेका गेटमा
मुसुक्क ओठ खोलौँ
स्वस्थ र तन्दुरूस्त बाँचौ
रिमोट थिची थिची नाचौँ
पेट मिची मिची हाँसौँ ।
(संप्रस पौडेल सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)

०००
मनहरी-५, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x