साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली नानी !

खान्नन् भात समेत बालक यहाँ, खाना कठै पोखियो । टी भी होस् फ्रिजसाथ मोबाइलको, लौ स्वास नै रोकियो । बिन्ती यो सुन है बुझेर बिजुली, हाम्रो भरोसा गयो ! के बस्नू घरमा तिमी नरहँदा, दैलो थुनेझैँ भयो ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

झम्के साँझ हुँदा बिहान; दिउँसो, बाटो कता लाग्दछ्यौ !
आँखा झिम्म गरी सुटुक्क कसरी, तर्केर पो भाग्दछ्यौ ।
चर्को घाम अझै बतास अति नै, गर्मी चढ्यो के भयो !
छैनौ हे “बिजुली” तिमी घर यहाँ, मर्नू न बाँच्नू छ यो ।

पानी तान्न परे; तिमी नरहँदा, बित्यासमा पर्दछु ।
पङ्खा घुम्न सकेन कत्ति किन हो, झन् तापले मर्दछु ।
कालो रात हुँदा अझै डर भयो, लुट्छन् कि डाँका कतै !
भन्सामा नहुँदा छ शून्य घर नै, गाह्रो छ भन्छिन् बज्यै !

केही वर्ष अगाडि नित्य रहँदा, सौन्दर्य शोभा थियोे ।
के भो खै किन हो! तिमी पर गयौ, छाती यहाँ चस्कियो !
तिम्रो स्वागतका निमित्त म सधैँ, हेर्दै छु बाटो पर !
बिर्स्यौ या किन हो भुल्यौ घर यहाँ, बाटो बिरायौ तर !

पढ्दैनन् अहिले कुनै शिशु यहाँ, बत्ती निभ्यो गेहमा ।
छैनन् ध्यान कुनै विचार पछिको, छायो अँध्यारो यहाँ ।
तिम्रै छौँ भरमा तथापि बिजुली, भाग्यो कता लौ भन !
साह्रै मर्म बढ्यो विरक्त छु यहाँ, बेकार यो जीवन ।

खान्नन् भात समेत बालक यहाँ, खाना कठै पोखियो ।
टी भी होस् फ्रिजसाथ मोबाइलको, लौ स्वास नै रोकियो ।
बिन्ती यो सुन है बुझेर बिजुली, हाम्रो भरोसा गयो !
के बस्नू घरमा तिमी नरहँदा, दैलो थुनेझैँ भयो ।

०००
१० वैशाख, २०८२
भरतपुर -१०, चितवन !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x