सुभाषचन्द्र देवकाेटाऊ आफै बिग्रियो
जब ऊ माथि पुग्यो ठूलो मान्छे भयो। आफैले टेक्ने जमिन बिर्सियो। आफन्तहरु बिर्सियो। जब ऊ ठूलो भयो, ठूलो हुने नाउँमा आफै बिग्रियो।

सुभाषचन्द्र देवकाेटा :
जब ऊमाथि पुग्यो
तब उसले
भुइँ टेक्ने आफ्नै गोडा बिर्सियो।
हात समाएर हिड्न सिकाउने
बाउ बिर्सियो।
आफूलाई जन्म दिने, हुर्काउने
आमा बिर्सियो।
दाइ भाइ बिर्सियो
आफन्त सबै बिर्सियो।
जब ऊ माथि पुग्यो
तब उसले
आफू हुर्किएको
गाउँ बिर्सियो।
पानी खाने पधेरो बिर्सियो।
साथी भाइ बिर्सियो
घरगोठ बिर्सियो।
जब ऊ माथि पुग्यो
ठूलो मान्छे भयो।
आफैले टेक्ने जमिन बिर्सियो।
आफन्तहरु बिर्सियो।
जब ऊ ठूलो भयो,
ठूलो हुने नाउँमा
आफै बिग्रियो।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest







































