साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचरा झोलाहरु…

आफ्नै कुममा गर्वसाथ बोक्दै गरेको झोला झोलेहरुले गर्दा, बेकार वदनाम छ हिजोआज झोलेहरु देखेरै, बेकार दिक्क छ हिजोआज साँच्चै झोला निर्लज्ज झोलेहरुकै कारण, बेकार लज्जित छ ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

स्कूल जाने बच्चाहरु
जतनसाथ बोक्ने् गर्छन् आफ्ना झोलाहरु
र पछि ठूलो भएपछि गर्वसाथ स्मरण गर्ने गर्छन्
झोला र झोलाभित्र बोक्ने गरेका किताबहरु
आमाले पकाएर राखिदिने गरेका मीठा खाजा
र खाजाका डब्बाहरु अनि शीतल पानीका बोतलहरु
साना नानीहरु झोले थिएनन् र होइनन्

दिउँसोको अरनी पोको पारेर
किसानले खेतबारीमा लैजाने गरेका झोलाहरु
किसानका पसिनाका गन्धहरु अनि हिलो, माटो र गड्यौलासँगै
रमाउथ्यो र रमाइरहेकै छन्, किसानले बोक्ने झोलाहरु
किसानहरु झोले थिएनन् र होइनन्
आफ्ना औजारहरु पोको पारेर
श्रमिकले कारखाना लैजाने गरेका झोलाहरु
श्रमिकका च्यातिएको जुत्ता अनि खटारा साइकलसँगै पनि
टिकेका थिए र टिकिरहेकै छन्, श्रमिकले बोक्ने झोलाहरु
श्रमिकहरु झोले थिएनन् र होइनन्

विचार, विवेक र दर्शन बोक्ने आफ्नै टाउको
चटक्कै काटेर जादुगरले झैँ
आफैँले बोक्ने झोलाभित्र हालेपछि
टाउको विनाको गिँडको कुममा झुण्डिनु पर्दा
विचलित देखिन्छन् विचरा झोलाहरु हिजोआज

दर्शन र सिद्धान्तका पुस्तकहरु राखेर
विचारप्रति प्रतिवद्ध इमान्दार मानिसले
विवेकको शीर ठाडो पारेर
आफ्नै कुममा गर्वसाथ बोक्दै गरेको झोला
झोलेहरुले गर्दा, बेकार वदनाम छ हिजोआज
झोलेहरु देखेरै, बेकार दिक्क छ हिजोआज
साँच्चै झोला
निर्लज्ज झोलेहरुकै कारण, बेकार लज्जित छ हिजोआज।

०००
२० जेठ २०८२
चण्डाेल, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
राम आचार्य
राम आचार्य
5 months ago

सशक्त अभिब्यक्ती ! सुन्दर रचना!

पदम भण्डारी
पदम भण्डारी
5 months ago

साँच्चै झोला, निर्लज्ज झोलेहरुकै कारण, बेकार लज्जित छ हिजोआज।  वाह, कविवर ज्यू । 

Nepal Telecom ad
खै ! कहाँ छ र आदर्श घरको सग्लो स्वरुप ?

खै ! कहाँ छ...

राजेन्द्रप्रसाद अधिकारी
खै ! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

खै ! के कुरा...

राजेन्द्रप्रसाद अधिकारी
मेरा साथीहरु

मेरा साथीहरु

राजेन्द्रप्रसाद अधिकारी
चश्माका रङ्गहरु र टोलको चिया पसल

चश्माका रङ्गहरु र टोलको...

राजेन्द्रप्रसाद अधिकारी
सुनको आकर्षक कात्रो र कठिन हठ-साधना

सुनको आकर्षक कात्रो र...

राजेन्द्रप्रसाद अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
2
0
Would love your thoughts, please comment.x
()
x