साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचरा झोलाहरु…

आफ्नै कुममा गर्वसाथ बोक्दै गरेको झोला झोलेहरुले गर्दा, बेकार वदनाम छ हिजोआज झोलेहरु देखेरै, बेकार दिक्क छ हिजोआज साँच्चै झोला निर्लज्ज झोलेहरुकै कारण, बेकार लज्जित छ ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

स्कूल जाने बच्चाहरु
जतनसाथ बोक्ने् गर्छन् आफ्ना झोलाहरु
र पछि ठूलो भएपछि गर्वसाथ स्मरण गर्ने गर्छन्
झोला र झोलाभित्र बोक्ने गरेका किताबहरु
आमाले पकाएर राखिदिने गरेका मीठा खाजा
र खाजाका डब्बाहरु अनि शीतल पानीका बोतलहरु
साना नानीहरु झोले थिएनन् र होइनन्

दिउँसोको अरनी पोको पारेर
किसानले खेतबारीमा लैजाने गरेका झोलाहरु
किसानका पसिनाका गन्धहरु अनि हिलो, माटो र गड्यौलासँगै
रमाउथ्यो र रमाइरहेकै छन्, किसानले बोक्ने झोलाहरु
किसानहरु झोले थिएनन् र होइनन्
आफ्ना औजारहरु पोको पारेर
श्रमिकले कारखाना लैजाने गरेका झोलाहरु
श्रमिकका च्यातिएको जुत्ता अनि खटारा साइकलसँगै पनि
टिकेका थिए र टिकिरहेकै छन्, श्रमिकले बोक्ने झोलाहरु
श्रमिकहरु झोले थिएनन् र होइनन्

विचार, विवेक र दर्शन बोक्ने आफ्नै टाउको
चटक्कै काटेर जादुगरले झैँ
आफैँले बोक्ने झोलाभित्र हालेपछि
टाउको विनाको गिँडको कुममा झुण्डिनु पर्दा
विचलित देखिन्छन् विचरा झोलाहरु हिजोआज

दर्शन र सिद्धान्तका पुस्तकहरु राखेर
विचारप्रति प्रतिवद्ध इमान्दार मानिसले
विवेकको शीर ठाडो पारेर
आफ्नै कुममा गर्वसाथ बोक्दै गरेको झोला
झोलेहरुले गर्दा, बेकार वदनाम छ हिजोआज
झोलेहरु देखेरै, बेकार दिक्क छ हिजोआज
साँच्चै झोला
निर्लज्ज झोलेहरुकै कारण, बेकार लज्जित छ हिजोआज।

०००
२० जेठ २०८२
चण्डाेल, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
राम आचार्य
राम आचार्य
1 year ago

सशक्त अभिब्यक्ती ! सुन्दर रचना!

पदम भण्डारी
पदम भण्डारी
1 year ago

साँच्चै झोला, निर्लज्ज झोलेहरुकै कारण, बेकार लज्जित छ हिजोआज।  वाह, कविवर ज्यू । 

Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
2
0
Would love your thoughts, please comment.x
()
x