साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाँदै नखानू बरु !

छैनन् खै इतिहास मूर्छित बन्यो सन्तप्त छन् जीवनी ! छर्रा छन् तन भित्र चोट मुटुमा उस्तै छ आँखा पनि ! चिन्दैनन् जसले यहाँ समयको बाँडेर धोका बरु। खोज्नू सत्य असत्य तथ्य मनमा मान्दै नमान्नू अरू !

Nepal Telecom ad

होमनाथ घिमिरे :

नौटङ्की छ सधैँ जहाँ असुरले उत्पात मच्चाउँछन् !
सोझा निर्बल देख्न हुन्न यिनले हुङ्कार थर्काउँछन् !
चिन्दैनन् जसले यहाँ श्रमिकको चिन्ता न चासो अरू !
गर्लान् है करकाप फेरि यिनले जाँदै नजानू बरु !१

आफ्नै नाम भएन सह्य यिनको न्वारान आँफै गरे !
आफ्नै काम भएन पच्य जसको आलाप नौलो भरे !
चिन्दैनन् जसले यहाँ कृषकको बाँड्छन् मिठाई अरू !
डाक्लान् खान प्रसाद फेरि यिनले खाँदै नखानू बरु !२

सोच्दैनन् जब मातृभूमिहितमा होला भरोसा कब !
खोस्दैछन् अधिकार राष्ट्र जनता खोक्रो छ यो उत्सव !
चिन्दैनन् जसले हिजो समरकाे साथी र योद्धा अरू !
ङ्याक्लान्; मर्नु परोस् कदापि पदमा झुक्दै नझुक्नू बरु !३

देख्छौ नाटक रङ्गमञ्च दिनमै सोच्यौ तिमीले कति !
लेख्छौ पात्र कि भूमिका र छिनमै माछो चमेरो जति !
चिन्दैनन् जसले सुधी असलको उन्माद गर्लान् अरू !
भन्लान् पौडिन-उड्न व्योमतलमा मान्दै नमान्नू बरु !४

छैनन् खै इतिहास मूर्छित बन्यो सन्तप्त छन् जीवनी !
छर्रा छन् तन भित्र चोट मुटुमा उस्तै छ आँखा पनि !
चिन्दैनन् जसले यहाँ समयको बाँडेर धोका बरु।
खोज्नू सत्य असत्य तथ्य मनमा मान्दै नमान्नू अरू !५

०००
भरतपुर, चितवन
९ मङ्सिर, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिपाही

सिपाही

हाेमनाथ घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x