हेमराज पन्तअक्कल बिनाको नक्कल
मात्रै द्वन्द छ चासनी मुलुकको संघर्ष माला बिते । जित्ने नाम निसान छैन किन खै बैरीहरुले जिते ।। यस्ता बाघ नपाल भन्छ कविजी पालेर खै काम के । आशा दे सरकार दे मुलुकमा गन्ने बिटो दाम दे ।।

हेमराज पन्त :
पाटे बाघ बनेर यी कुकुरजी भुक्थे निराशा छरी ।
हात्ती स्याल बनेर लुक्दछ सधैं आफै किनारा सरी ।।
साँच्चै बाघ थियौ भने यदि तिमी मान्थ्यौ र खै के डर।
के भन्छौ भन दास हो मुलुकका नारा सुनौला छर ।।
१
मेची रुन्छ बिहान साँझ घरमा आक्रोश पोखी बरा ।
काली रुन्छ मसानघाट नजिकै बेचेर आफ्नो धरा ।।
राराताल डुबेछ आँसु दहमा खोजेर आफ्नो पना ।
के शैपाल झुके छ शैल शिरमा बन्दै गई मुर्छना ।।
२
पग्लेको हिउँ बेचियो मुलुकको संस्कारको के कुरा ।
अर्काको घरमा बसी जतनले टोक्दै छ मेरो भुरा ।।
भ्रष्टाचार जताततै मुलुकमा भन्दैछ मैले गरे ।
बर्दीवाल डराउँदै दिनदिनै के कोप बल्छी परे ।।
३
अग्लो शैल हिमालको घर थियो बाँझो भयो बाग यो ।
बोल्छे कोकिल गीत वा विरहमा टाटो पुरानो छ यो ।।
केले मुर्छित बेगनास दह यो जान्ने यहाँ को छ र ।
बोकेको जल बाहिनी रगतको गाग्री डुबायौ नर ।।
४
गैंडा, स्याल, हुँडार साथ कछुवा बेची बसे जङ्गल ।
पापीको मनमा रहेन ममता गर्थे अनेकौं छल ।।
के भन्छौ भन लेखनी बन धनी संस्कार हाम्रो मितो ।
उस्तै लाग्छ हिजो र आज घरमा निभ्दै गरेको दियो ।।
५
मात्रै द्वन्द छ चासनी मुलुकको संघर्ष माला बिते ।
जित्ने नाम निसान छैन किन खै बैरीहरुले जिते ।।
यस्ता बाघ नपाल भन्छ कविजी पालेर खै काम के ।
आशा दे सरकार दे मुलुकमा गन्ने बिटो दाम दे ।।
६
०००
पाटन २, सिलङ्गा, बैतडी
Subscribe
Login
0 Comments
Oldest







































