साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्कल बिनाको नक्कल

मात्रै द्वन्द छ चासनी मुलुकको संघर्ष माला बिते । जित्ने नाम निसान छैन किन खै बैरीहरुले जिते ।। यस्ता बाघ नपाल भन्छ कविजी पालेर खै काम के । आशा दे सरकार दे मुलुकमा गन्ने बिटो दाम दे ।।

Nepal Telecom ad

हेमराज पन्त :

पाटे बाघ बनेर यी कुकुरजी भुक्थे निराशा छरी ।
हात्ती स्याल बनेर लुक्दछ सधैं आफै किनारा सरी ।।
साँच्चै बाघ थियौ भने यदि तिमी मान्थ्यौ र खै के डर।
के भन्छौ भन दास हो मुलुकका नारा सुनौला छर ।।

मेची रुन्छ बिहान साँझ घरमा आक्रोश पोखी बरा ।
काली रुन्छ मसानघाट नजिकै बेचेर आफ्नो धरा ।।
राराताल डुबेछ आँसु दहमा खोजेर आफ्नो पना ।
के शैपाल झुके छ शैल शिरमा बन्दै गई मुर्छना ।।

पग्लेको हिउँ बेचियो मुलुकको संस्कारको के कुरा ।
अर्काको घरमा बसी जतनले टोक्दै छ मेरो भुरा ।।
भ्रष्टाचार जताततै मुलुकमा भन्दैछ मैले गरे ।
बर्दीवाल डराउँदै दिनदिनै के कोप बल्छी परे ।।

अग्लो शैल हिमालको घर थियो बाँझो भयो बाग यो ।
बोल्छे कोकिल गीत वा विरहमा टाटो पुरानो छ यो ।।
केले मुर्छित बेगनास दह यो जान्ने यहाँ को छ र ।
बोकेको जल बाहिनी रगतको गाग्री डुबायौ नर ।।

गैंडा, स्याल, हुँडार साथ कछुवा बेची बसे जङ्गल ।
पापीको मनमा रहेन ममता गर्थे अनेकौं छल ।।
के भन्छौ भन लेखनी बन धनी संस्कार हाम्रो मितो ।
उस्तै लाग्छ हिजो र आज घरमा निभ्दै गरेको दियो ।।

मात्रै द्वन्द छ चासनी मुलुकको संघर्ष माला बिते ।
जित्ने नाम निसान छैन किन खै बैरीहरुले जिते ।।
यस्ता बाघ नपाल भन्छ कविजी पालेर खै काम के ।
आशा दे सरकार दे मुलुकमा गन्ने बिटो दाम दे ।।

०००
पाटन २, सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x