साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पतझर

मलाई ढकमक्क ढाकेको तिम्रो प्रेम देखेर लोभिन्थे सबैतिर सबै सबै उम्लेपछि टिक्दैन पानी, पोखिन्छ या, हराउँछ बाफ बनेर उदाएपछि अस्ताउँछन् घाम जूनहरू जब पुगेथ्यो हाम्रो प्रेम पराकाष्ठामा त्यसपछि टिकेन झर्यो पहेँलो पात बनेर ।

Nepal Telecom ad

डा. दामोदर पुडासैनी किशोर :

पतझर- १
कुनैबेला सकिन्छ सर्वस्व
र नाङ्गिनुपर्छ अस्थिपन्जर बनेर
सकिन्छ पुरै बैँस
पात त पलाउला नयाँ वसन्तमा
तर ,फर्कनेछैन डुबेको यौवन कहिले पनि
कसैको प्रेम र सँझनामात्र हो घरिघरि फर्कने

पतझर- २
हेर्दाहेर्दै झरे फूल
झरे पातहरू
नाङ्गिएँ म पुरै
उदास मन
थकित शरीर
गहिरो दिलमा कोपरिरहन्छ
वासन्ती सँझना
देखिरहेछु झरेका मेरा पातहरू
मिल्दैछन् माटोमा
उमार्न नयाँ रूखहरू

पतझर- ३
नाङ्गिएपछि पनि
कहाँ कमि हुँदोरहेछ र माया गर्नेको
जूनले माया गर्छ
हाँगा हाँगा चाहारेर
बादलले गीत गाउँछ
अँगाल्दै टुप्पोदेखि फेदसम्म
घामले सेकाउँछ
काप र कान समातेर
हिउँ रातभर बास बस्छ
आफ्नै मान्छेको चुमेझैँ अनुहार र आँखा
आकाश पुरै अँगाल्न आउँछ
आफ्नै मान्छेको बेडरूम ठानेर
हिपहप गाउँदै मंख्ख छौँ
नाङ्गो म र नाङ्गो आकाश

पतझर- ४
कुनैदिन
तिमी पात थियौ
म रूख थिएँ
जब झर्यौ तिमी मबाट
हामी दुबै बन्यौ नदीका दुई किनारा
अचेल
जति आउँछ रात शीत ओडेर
त्यतिनै झर्छ बिहान आँसु बनेर

पतझर- ५
जब तिमी गयौ मबाट ओर्लेर
मैले ठानेँ – म एक्लिएँ
होइन रहेछ
म त बस्न पो थालेको रहेछु
त्यसै क्षणदेखि मसँग

पतझर- ६
तिमी गएपछि
छोडदै गए चराहरूले पनि
हिजो साँझ आएथ्यो एउटा चरा
भन्यो-
मलाई आँचलको छहारी देऊ
गाउँन त चाहिन्छ मलाई एउटा लुक्ने ठाउँ
शरम लाग्छ ती नाङ्गै हिँडने मान्छेहरू देखेर

पतझर- ७
गाढा थियो
तिम्रो र मेरो प्रेम
रसिलो थियो
रङ्गिन थियो
मलाई ढकमक्क ढाकेको तिम्रो प्रेम देखेर
लोभिन्थे सबैतिर सबै सबै
उम्लेपछि टिक्दैन पानी, पोखिन्छ
या, हराउँछ बाफ बनेर
उदाएपछि अस्ताउँछन् घाम जूनहरू

जब पुगेथ्यो हाम्रो प्रेम पराकाष्ठामा
त्यसपछि टिकेन
झर्यो पहेँलो पात बनेर ।

०००
२०८२ मङ्सिर ५ गते शुक्रवार
(२०२५ नोभेम्वर २१ )
मिनोमनिफल्स, विस्कन्सिन, अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
नीलो रङ्ग

नीलो रङ्ग

डा. दामाेदर पुडासैनी किशाेर
रातमा शहर

रातमा शहर

डा. दामाेदर पुडासैनी किशाेर
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x