साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्वाँसाहरू !

आरनको आदेश वर्षाउँदै काखकाखमा बसी मनभित्र बसी फलामका सिया पिट्न लगाउँदै लठैत प्रशंसाले सुनका फाली सजाएर शिरमा दङ्दास उभिएका छन् छद्म मानव ब्वाँसाहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

बिस्तारै शरीर छोएर
अँध्यारा ओठहरूले
सुम्सुम्याउँदै पाउदेखि
शिरसम्म
र शिरदेखि पाउसम्म
छद्मभेषी ब्वाँसाहरू
विनाकाम नजिकिदै
मिठासले
जिब्राहरू लप्लपाएर
गुदद्वारहरू
गाईभैँसीका
भेडाबाख्राका
कन्याउँदै तिनै हातहरूले
हतारमा
हतासमा
आँखा चिम्लेको हेरेर
हलसका सास फेरेर
आन्द्रा निकालेपछि
थाहा पाउँछन् गाईभैँसीहरू
भेडाबाख्राहरू!
चिप्ला जिब्रा उचालेर
सानामसिना फलामका
छेस्का दिएझैँ गरेर
स्वार्थका आरन पिटाउँछन्
स्वार्थान्ध मान्छेहरू
मान्छे हुनै नसकेका मान्छेहरू
आरन तात्न
तताउन लगाएर
खिया लागेका फलाम
भाँचिइसकेका
आकार नदेखिने
अर्थ नलाग्ने
केही नभएका
भ्रष्ट अ‌ौजारहरू ल्याएर
पोल्न लगाउँछन् आरनको आगोमा
घन पिटाएर बुट्टा भर्न
आदेश उफ्रन्छ माथिमाथि
अझ धेरै माथि
जसको मन हुँदैन
धन हुन्छ
दिल हुन्न
दिमाख हुन्छ
आरन आदेश उफ्रनुको अर्थ
हुँदै होइन बनोस‌्को
हुँदै होइन अविदित विदितको
मात्र हो धन लिनु उसबाट
सम्मान पाउन उसबाट
पुरस्कारका नाममा
नभएको नाक उठाउन उसबाट
अनेकौँ तेलका थोपा
सजाएर जिब्रामा
फलामको सियो दिएझैँ गरेर
यी ब्वाँसाहरू
अनेकौँ स्याल चाकडी झुम्मिन्छन्
हली बनाएर अर्कोलाई
सुनका फाली सजाउन शिरमा
ब्वाँसाहरू
आफ्नै भेषमा
स्वाभाविक केशमा
नङ्ग्रा केश बनाएर
जङ्गल फैलिन्छन्
मानव ब्वाँसाहरू
भेष बदलेर
केश बदलेर
स्वरूप छोपेर
अनेकौँ बहानामा
आरनको आदेश वर्षाउँदै
काखकाखमा बसी
मनभित्र बसी
फलामका सिया पिट्न लगाउँदै
लठैत प्रशंसाले
सुनका फाली सजाएर शिरमा
दङ्दास उभिएका छन्
छद्म मानव ब्वाँसाहरू !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
आत्मअठोट !!

आत्मअठोट !!

कलानिधि दाहाल
सफा भए हुन्छु म !

सफा भए हुन्छु म...

कलानिधि दाहाल
के सुहाउँछ र यो ?

के सुहाउँछ र यो...

कलानिधि दाहाल
र ऊ बन्ला कस्तो ?

र ऊ बन्ला कस्तो...

कलानिधि दाहाल
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
मुला

मुला

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x