साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो भएपछि

Nepal Telecom ad

बुढोले निहुँ खोज्छ भन्छन्
तर कसरी भन्ने
बुढोसँग ककस्ले निहुँ खोज्छन्
बुढीले भन्छे
गुलियो नखानुस् सुगर लाग्छ
छोरोले भन्छ
कर्कलो नखानुस् बाइ जाग्छ
बुहारी भन्छे
चिल्लो नखानुस् पाइल्स लाग्छ
हुँदा हुँदा
नाति पनि खान छेक्ने
टन्न दन्काइ दिन्छु म त पार्टीमा
त्यहा खाको कसले देख्ने ?

भान्सामा मासुको बासना
मगमग आउँछ
आफ्नोे मुखमा रस
भगभग आउँछ
खान खोज्दा श्रीमती हकार्छे
टन्न हसुरेर मासु बुहारीले डकार्छे
खाना खायो भने पनि
अब त
सबै खानाले पनि निहुँ खोज्छन्
पेटमा हाल्यो कि कोखा जोत्छन्
खसीको मासु खायो भने
बाली खाँदा कुटेको बद्ला लिन्छ
राँगोको मासु खायो भने
हलो जोत्दा चुटेको बदला लिन्छ
मम खायो भने
राँगो वा… ईं गर्दै कराउँछ
रोस्ट खायो भने
कुखुरो पखेटा फट्फटाउँछ ।

जवानीमा लसुन नुनसँग
टन्न बासीभात खाइन्थ्यो
ढुङ्गै भए पनि पचाइन्थ्यो
अब त
अचारै खायो भने पनि
पेट गड्याङगुडुङ गडकिन्छ
मासु खाँदा पनि
उपियाँ झै फटकिन्छ
खुर्सानी खाँदा
आन्द्राभुँडी नै पट्क्या जस्तो
दुध खाँदा पनि
घाँटीमा अड्क्या जस्तो
हैन ए डाक्टर बाबु
मलाई मात्र हो कि
अरु बुढापाकालाई पनि हुन्छ यस्तो ?

घ्यु खायो भने दिनभर
ट्वाइलेटको यात्रा हुन्छ
दही खायो भने
खोकीले जात्रा हुन्छ
मनले मान्दै नमान्ने
तनले पचाउनै नजान्ने
जिब्रोले खोज्ने
जिउले दुःख पाउने
हैन ए वैज्ञानिक नानी
यो बुढोले खाने दिन
अब आउने कि नाउने ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x