साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतै मन्त्रीज्यू बेहोश त हुनुभएन ?

Nepal Telecom ad

यत्रो गाईजात्रा चल्यो मन्त्रीज्यूलाई अत्तोपत्तो भएन
कति कवि–लेखकले व्यङ्ग्यवाण हाने उहाँलाई कत्ति छोएन
कति हड्ताल, जुलुस र खरा नारा चर्किए उहाँले सुन्नुभएन
महल बनाउने धुनमा यत्रो धुमधामको चहलपहल पनि देख्नुभएन
हनुमानको साथ लिएर, सत्ताको मात पिएर कतै हिँड्नुभएन
बहिरो, लोभी, पापी र पाखण्डी कहाँ हुनुहुन्छ र मन्त्रीज्यू,
सत्ता, भत्ता र लत्ताको लागि उहाँ कहिल्यै लड्नुभएन
सिक्स्टी नाइन भ्याटदेखि हुस्कीको चुस्कीसम्म चुस्नुभएन
हो, उहाँ सत्ता र सुविधाको नशामा उहिल्यै डुब्नुभएन ।

उहाँ सदा सुनौलो सपना देख्नुहुन्छ र सुकिलो बिपना पोख्नुहुन्छ
सांसदहरू सुविधा भोगून् जनता सुखी बनून्
उहाँले कहिल्यै आफ्नोे कुर्सीको मायामा काया फाल्नुभएन
रासन, भाषण र आसनका निमित्त झण्डा उचाल्नुभएन
वीर सहिदहरूको सपना साकार पार्न पछाडि पर्नुभएन
मन्त्रीज्यू सुकला भएको धेरै भयो, किन जागा हुनु भएन ?

बजाओ ताली ! भनेर करायो ‘जिताली’
कतै मन्त्रीज्यू बेहोश त हुनुभएन ?
मन्त्रीज्यू त अचेल सदनका नानीहरूलाई
नाना, पापा, मिठाई र मोटरहरू बाँड्दै हुनुहुन्छ
सुकिलो सपना र गुलियो बिपना वितरण गर्दै हुनुहुन्छ
‘दशैँ आयो, खाउँला पिउँला’ भन्दै खुट्टो उचालेर
गीत गाउने नानीहरूका पूर्जामा ऊर्जा भर्दै हुनुहुन्छ ।

उहाँ अहिले नौदुर्गाको मन्दिरमा राँगा, बोका र कुखुरा काटेको
सत्य कथा र राजनीतिमा आफूले दाउ साटेको तथ्य व्यथाको
रामकहानी तिनै नानीहरूलाई फलाक्दै हुनुहुन्छ
हो, उहाँ अति दरो छाती भएका सुखी र मन्त्री हुनुहुन्छ
दशैँको फूलपातीका दिनमा भैँसीका दुई सिङका जोर्नीमा
बञ्चराको पासाले पाता कसेर ठोकेका बखतमा पनि
उहाँ झसङ्ग हुनुभएन ! कतै मन्त्रीज्यू बेहाश त हुनु भएन ?

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x