साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको आव्हान

Nepal Telecom ad

मिठो खाने
राम्रो लाउने सपना उनेर
सहर पसेको मेरो अल्लारे छोरो
सुन्छु आजभोलि
जाँडरक्सी चरेसगाँजा धुत्छ
सडकमै बस्छ सडकमै सुत्छ
मनाही लेखेको ठाउँमा
लाज नमानी मुत्छ
बिन्ती छ पठाइदिनु है
मेरो छोरालाई नाइट बसमा हालेर
उसको चिन्ताले यहाँ
आमाको मन कति दुख्छ ।

पढ्ने लेख्ने भनी सपना उनेर
सहर पसेको मेरो छोरो
सुन्छु हिजोआज
नेताको लहलहैमा लागेर
पार्टीको झन्डा बोक्दै
इँटा ढुङ्गाहरू ठोक्दै
कहिल नेपाल बन्द गर्दै
कहिले सडक बन्द गर्दै पुलिससँग जुध्छ
लाठीचार्ज हुँदा गल्ली गल्ली कुद्छ
बिन्ती छ
पठाइदिनु है मेरो छोरालाई
माइक्रो बसमा हालेर
गरेपछि एक छाक
घरमै खान लाउन पुग्छ
चिन्ताले ननिदाई मन
रात रातभर रुँग्छ ।

नायक बन्ने सपना पाल्दै
सहर छिरेको मेरो छोरो
सुनिन्छ आजकल खलनायक भएर
मान्छेको पैसा थुत्छ
र पुलिस ठाना पुग्छ
रातभर हल्ला गर्दै भुक्छ
दिनभर उल्लुझैं लुक्छ
बिन्ती छ पठाइदिनु है
मेरो छोरालाई दिवा बसमा हालेर
आमाको तन यहाँ
चिन्ताले झन सुक्छ ।

जागिर खाने सपना हालेर
सहर हिँडेको छोरो
सुन्छु आजभोलि
नालायक भएर
चोरीको बाइक चढ्दै
महिलाको गहना लुट्छ
अपहरण गर्नलाई
उसको ठुलै एउटा गुट छ
सुन्छु मान्छेलाई लुट्न
दिन दहाडै बाटो ढुक्छ
बिन्ती छ पठाइदिनु है
मिनी बसमा हालेर
अझै उसलाई पाल्न सक्ने
मेरो सामर्थ्य खुद छ ।

सुनिन्छ हरेक दिन
रेडियो पनि
उसकै बदनाम फुक्छ
सुन्दा यो गाउँघर पनि
उसलाई झन थुक्छ
बिन्ती छ फर्काइदिनु है छोरालाई
आजभोलि चिन्ताले मुटु पनि दुख्छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x