साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परे हल्लामा चल्ला

Nepal Telecom ad

हल्लाको हावाले कहाँ पात मात्र हल्लँदो रहेछ र ! कहिलेकाहिँ त रुखै पनि पसारिँदो रहेछ भन्या ! हेर्नोस् त आजकाल पक्षीका फुल र चल्लाहरू हल्लैहल्लामा हल्लिएर रल्लिएको ? उता चल्ला पार्ने व्यवसायमा लागेका व्यवसयीहरू नै त्यही हल्लाले डल्लिएको ! अब परेन फसाद । हल्लाको सुराक चल्या बेलाँ काउली,करकलो कोदो कोइरालो, करेला कुरिलोभन्दा कान्छो मोलको कुखुराको खुराक खाउँकि नखाउँ । बजार भाउ सस्तोसस्तो खोजी खाई हिड्ने आफूलाई पो ‘नखाउँ भने दिनभरीको सिकार खाउँ त भने कान्छाबाबुको अनुहार, भने झैँ भयो ! डक्टरलाई सोध्यो ‘हुन्छहुन्छ खान हुन्छ खाऊ, मैले त खाएँ, भन्छन् । उता कनीकनी डक्टर भएका जस्ताको कुरा सुन्दा भने घरका कामिनी र केटाकेटीहरू कामेर काइँकुइँ गर्छन् । ‘चरीको चिची ल्याइदेऊ है बा, भन्ने बबुरो पनि आजकाल चरीको चिचीलाई छिःछि भन्छ ।

मुलुकाँ भर्खर फस्टाउन थालेको, तल्लो प्यवसायीले पनि आर्थिक स्तर उकासुँला कि भनेर घरखेत धरौटी राखेर पालेको कुखुरामा कहिले रानीखेत कहिले गोरम्बो कहिले के लागेर यसरी सताइरा बेलाँ कहाँबाट ऐले यो पक्षीप्रजातीमा लाग्ने संक्रामक रोग ‘बर्डफ्लु,भन्ने रोगको हल्लाले विश्व मात्र थर्काएन नेपालजस्तो मुलुकका त पन्छी व्यवसायी नै थर्किए वा !

यसरी हल्लैहल्लामा रल्लिने र हल्लिने हो भने त हाम्रा पङ्खी व्यवसायीले त पङ्खीसितै उँडे पनि बूढे पनि हुने भयो नि । यस्ता प्रकोपमा त सरकारकै दर्कार हुनु पर्ने हो । यहाँ त कहाँ कुखुरा मात्र मर्ने भो र यसको त व्यवसाय नै धरासायी हुने भो ! व्यवसायीको त झन् बेहाल हुने भो । आशङ्काको शङ्काले जलाउने भो लङ्का । सार्वजनिक भोजनका भान्सामा सडेगलेका माछाले प्रवेश पाएकाछन् । बेत बसेर गौँडासम्म उक्लन नसकेको बूढी भेँसी बरु भान्सामा उक्लन सक्यो तर पनि त्यो छिटो छरितो हल्का सजिलो पक्षीले पखेटा फिँजाएर भोजभान्सामा स्वतन्त्र उड्न पाएन । पहिलेपहिले जातविशेषमा भान्साकोप्रतिबन्ध लगाएझैँ ऐले पक्षीविशेषलाई कसैका भान्सामा पनि पस्न दिइएको छैन ।

अब कि त सरकारले तमाम पक्षीको पतिया गरेर सबैका भान्सामा जान हुने, पाउने र सक्ने व्यवस्था मिलाइदिनु पर्यो, कि भने यस व्यवसायमा लागेर आहत भएका व्यवसायीलाई राहतको व्यवस्था मिलाइदिनुपर्यो । यतिबेला सरकारले कानाँ औँलो कोचेर बस्ने हो भने त ४२ जिल्लाका ७६ ह्याचरी उद्योगीहरूका व्यवसाय रोगी र व्यवसायी जोगी हुने भए ा अरू हजारौँ उद्योगीका पनि यही हालतमा पुग्नेभए । पहिले पहिले ‘कुखुरालाई लाग्यो रानीखेत कुखुरा पाल्नेको भयो घरखेत, भन्थे । ऐले ‘विदेशमा चल्यो वर्डफ्लुको हल्ला, यो देशमा नष्ट गरिए कुखुराका चल्ला, भन्दै अल्पहारी हुनबाद्य नेपाली कतै साकाहारी हुने अर्को वाध्यतामा त पुगोइनन् ?

अब सरकारले भियतनामदेखि भारतसम्म आइपुगेको कुखुरे रोग (वर्डफ्लु) उपचार र सही प्रचारतिर लाग्न र लगाउनू पर्यो है नत्र पक्षी व्यवसायले पखेटा फटफटाउन थालिसक्यो । ऐले पक्षीहरूलाई भोजनमा अछुतो मान्दा र सरकार अवाक हुँदा भोलि सबैले पछुतो मान्नु पर्ला नि ।

यसरी हल्लैहल्लाका भरमा चल्लालाई निमोठ् न र चिमोट्न त अझै विचार पो गर्नु पर्छ कि होइन भने उँडेर आउने पक्षीलाई भने केही प्रतिबन्ध नलगाई गुडेर आएको अन्डाराख्ने नयाँक्रेटलाई मात्र केको प्रतिबन्ध ? कुरोको चुरो यही हो हल्लाकै भरमा त्यत्राविधि चल्ला डल्लामुनि नपरून् है ।

ट्याङ्ला, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x