साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या फसाद !

Nepal Telecom ad

(फित्कौलीका उत्प्रेरक वासुदेव माडसावप्रति सादर श्रद्धा)

श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल गथ्र्यौं ।
उहाँकै अनुरोधमा एक दिन बेलुकी पख बसन्तपुर पुग्यौँ । भक्कुलाई राँगो दिने ठाउँनिर उभिएको एउटा मान्छेले हामीलाई बाटो देखाउँदै भित्र चोकतिर लग्यो । एक तल्लामाथिको कोठामा पुग्दा धेरै लेखकहरू सुकुलमा पलोटी कसेर बसेका देख्यौँ । हामी पनि ढोकाको छेउमै बस्यौं ।
लीलाध्वज थापाले कमलबाबुको कोटलाई लिएर छड्के हान्न थाल्नुभयो– ‘यस्तो फोहर मुलुकमा बस्ता तपाईंको कोटको इज्जतै रहेन के गर्र्ने ?’ इ.
कमलबाबुले हाँसेर जवाफ दिनुभयो– थापाजी तपाईंले कोटको बारे कुरा कोट्याउनुभन्दा पेटीकोटलाई लिएर कविता सुनाउनु भए सारै राम्रो र रमाइलो पनि हुन्थ्यो, हैन र ?’ थापाले उत्निखेरै कथेर पेटीकोटको कविता सुनाउनुभयो । हामी सबै हाँस्यौँ । मेरो हँसाइ अल्लि चर्को थियो ।
थापाले तुरुन्तै मलाई झम्टनुभयो । त्यसमा पनि कमलबाबुले नै समाधानको उपाय निकालेर भन्नुभयो– तपाईंको कविताको जवाफ कवितैमा पाउनुहुन्छ– वासुदेवजीबाट, धन्दा नमान्नुहोस् ।
मलाई पनि जोश चढेछ– होश हराए पनि सुकुलमाथि छरिएका कागजका टुक्राहरूबाट एउटा अल्लि ठूलो टुक्रो टिपेर कोर्न थालिहालो । केही बेरपछि शिवलिङ्गको महात्म्य गाएर सुनाइदिएँ । उत्ताउलो कुरा सुन्दा नहाँस्ने को हुन्थ्यो र ! रमाइलै भयो !
हामी बसेकोे भन्दा भित्रपट्टिको सानो कोठामा पातलो लम्पटमथि एकजना सुतिरहनुभएको थियो । श्यामजी उहाँसँग चिनापर्ची गराउँदै हुनुहुन्थ्यो । बिस्तारै उठेर उहाँले पनि के के भन्न थाल्नुभयो । हाम्रो हल्ला शान्त भयो । भ¥याङ ओर्लंदा खासखुस गरेको सुनियो– बिरामी भएर चीन गएको ? चीन गएको बेला बिरामी भएर आएको ? इ.
अँ त, उत्ताउला कुरामा नहाल्नु हात हालिहालो त्यसैले अरु तीन ओटा त्यस्तै उत्ताउला कुरा थपेर ‘अर्पण’ मा समर्पण गरो– छापिए पनि ।
पछि गठेमङ्गलको मङ्गलमय अवसरमा ‘जय नेपाल’ नाम राखेर आठ पेजी पाँप्लेट छपाएँ । पीपलको बोटमा पाँच पाँच पैसामा बिक्यो पनि ।
ठ्ट्टा गर्दा लट्टा पर्छ भनेको ठीक हो, मदन पुरस्कार गुठीको मुखपत्र ‘नेपाली ५४’ मा त्यो शिवलिङ्ग टाँस्सियो– त्यसभन्दा तगडा लेखेको पुच्छर बनेर ।
म.पु. पुस्तकालयमा पनि ‘जय नेपाल’ आइपुगेको रहेछ । कमलबाबुले शिवलिङ्ग देख्ने बित्तिकै कभर पेजमा नै (‘कान्छा–काजी’ वासुदेव लुइँटेलको छद्मनाम) भनेर लेख्नुभएको रहेछ । त्यसैबाट त्यो ‘नेपाली’ मा टाँस्सिन पुगेको रहेछ । त्यहाँ चाहिँ लेखकको नाम ‘कान्छा काजी’ नै छापिएको छ ।
तारानाथ शर्माले ‘नेपाली साहित्यको इतिहास’ भन्ने किताबमा– (पे.नं. २५०) “प्रारम्भका गोविन्दप्रसाद लोहनी र भवानीप्रसाद शर्मा घिमिरेका लेखहरू र सङ्गठनहरू राजनैतिक उग्रताबाट पीडित थिए । कृष्णचन्द्र सिंह प्रधान र उहाँका सहयोगीहरूले प्रगतिशील लेखक सङ्घको स्थापना गरे पनि त्यो धेरै दिन चलेन । वीरगञ्जबाट श्यामप्रसादले ‘सेवा’ निकालेर यस आन्दोलनलाई बढाउनु भयो । पछि तारानाथ शर्मा २०१६ मा काठमाडौँ आएपछि नेपाल प्रगतिशील लेखक सङ्घको स्थापना भयो । यसको उद्देश्य राष्ट्रिय फाँटमा सामन्तवाद विरोधी र अनतर्राष्ट्रिय फाँटमा साम्राज्यवाद विरोधी साहित्यको विकास गर्नु थियो । यसमा कमल दीक्षित र वासुदेव लुइँटेल जस्ता देब्रे ढल्कुवा राजनीतिसित सम्पर्क नभएका व्यक्ति पनि सदस्य भएर आउनुभएको थियो” भन्ने लेखेको देख्ता कमलबाबु र म छ्रक्क प¥यौँ । हामीहरू त झण्डै ‘भाइ भाइ’ भैसकेका रहेछौँ । कहाँको प्रगतिशील लेखक सङ्घ ! कहाँ कमलबाबु !! कहाँ लीलाध्वज थापासँग मैले खेलेको जुहारी !!!
धेरै वर्ष बिते ।
आज विदाको दिन परेकोले गाउँले अड्डामा थुप्रै मान्छे जम्मा भएका थिए । कनिष्ट निष्टहरूले स्वनाम धन्य एकजना बृद्ध अरिष्टसँग सोधे – ‘रस्सा रिटर्न’ माफ गर्नुहोस् । चीनबाट फर्कनुभएका हाम्रा कर्म कार्यकर्ताको वसन्तपुरको कोठे–सम्मान–समारोहमा तपाई पनि उपस्थित हुनहुन्थ्यो भन्ने कुरो हामीले पत्ता लगायौँ । पूरा विवरण लेखिएको कागत भेटिएन । त्यसलाई लिपिबद्ध गरिराख्नुपर्छ भन्ने हाम्रो जमातले निधो ग¥यो । तपाईंले देखे सुने भोगेका कुराहरू हामीले टिप्न सक्ने गरी सुस्तरी भन्न सक्नुहुन्छ ?
विचरा बृद्ध अरिष्ट निधारमा चाउरी पारेर घोरिंदै थिए, म फुत्त निस्केर जुत्तामा खुट्टा हुल्दै हिँडे । किनभने म यस विषयको वरिष्ट होइन गरिष्ट विद्वान् थिएँ । आँगनमा पुगेपछि खुट्टा अँठ्याएकोले यस्सो तलतिर हेरो– जुत्ता साटिएछ । म खुकुलो लाउँथे । यो कस्सिएको रहेछ । सबै जुत्ता एकै रङ्गका थिए चाइनिज ! फर्केंर जाउँ ती कनिष्ट निष्टहरूले आफूलाई पनि केरकार गर्लान् भन्ने डर ! नजाउँ जुत्ता चोरमा दरिने डर !! क्या फसाद् !!!
(‘साँग्रिला’ वर्ष ४, अङ्क १, असोज–का–मङ्सिर २०४२ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x