साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा गर्यो कुरैको दुःख !!

Nepal Telecom ad

यहाँ अँधेरो छ जिन्दगी नै मेरो
तिमी जून हेर्दै उज्यालो छ भन्छ्यौ
यहाँ जिन्दगी छ सिङ्गै उभिएको
तिमी पहाड हेर्दै उकालो छ भन्छ्यौ ।

बाढी पस्छ यहाँ चट्याङ यहीं खस्छ
यहाँ भुमरीमा जिन्दगानी फस्छ
यहाँ आँसुको छ सागर बनेको
तिमी नदी हेर्दै गहिरो छ भन्छ्यौ ।

आँधी चल्छ यहाँ हुरी यहीं चल्छ
सास फेर्नै गाह्रो यहाँ हरेक पल छ
यहाँ जिन्दगी छ किनारा भत्केको
तिमी दोभान हेर्दै पहिरो छ भन्छ्यौ ।

दोहा, कतार

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x