बद्रीप्रसाद दाहाल ‘भस्मासुर’बिडम्बना
पदाधिकारी मात्रै छन्, नेता पाएन देशले
मठाधिकारी मात्रै छन्, जेता पाएन देशले ।
कुम्भकर्ण— अगस्ती वा, राहु—केतु थरी थरी
शुण्डमुण्ड जगल्टे नै, ‘वक्रतुण्ड’ भए हरी ।।१।।
रकमान्तर चाटेका, पिचास—भूतका गण
स्वाद सम्झेर उर्लन्छन्, ठान्छन् संसद नै रण ।
विधान मान गर्दैनन्, ढुकुटी सुकुटी भयो
सधैं विमति पोखेर, हल्ला ‘सहमति’ अहो ! ।।२।।
हड्बडे—गड्बडे—लोसे, घिचन्दास बने सबै
राजनीति गरिम् भन्छन्, ‘कर्मचण्डाल’ ई कठै ।
छैन दायित्वको बोध, आफैं लाउ र खाउ छ ।
नाता—चाकरका घेरा, भ्रष्टकै दाउ—भाउ छ ।।३।।
सतीकै श्राप हो यद्वा, हामी नै अभिशाप हो
देश हाँक्ने सबै रक्त, भक्त ‘नोकरशाह’ भो ।
बिडम्बना बनी पोल्छ, देशका अङ्ग—अङ्गमा
घिस्रिँदै छ अहो देश, हिम्साको घोर— जङगमा ।।४।।
धादिङवेंसी
Subscribe
Login
0 Comments
Oldest








































