साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिडम्बना

Nepal Telecom ad

पदाधिकारी मात्रै छन्, नेता पाएन देशले
मठाधिकारी मात्रै छन्, जेता पाएन देशले ।
कुम्भकर्ण— अगस्ती वा, राहु—केतु थरी थरी
शुण्डमुण्ड जगल्टे नै, ‘वक्रतुण्ड’ भए हरी ।।१।।

रकमान्तर चाटेका, पिचास—भूतका गण
स्वाद सम्झेर उर्लन्छन्, ठान्छन् संसद नै रण ।
विधान मान गर्दैनन्, ढुकुटी सुकुटी भयो
सधैं विमति पोखेर, हल्ला ‘सहमति’ अहो ! ।।२।।

हड्बडे—गड्बडे—लोसे, घिचन्दास बने सबै
राजनीति गरिम् भन्छन्, ‘कर्मचण्डाल’ ई कठै ।
छैन दायित्वको बोध, आफैं लाउ र खाउ छ ।
नाता—चाकरका घेरा, भ्रष्टकै दाउ—भाउ छ ।।३।।

सतीकै श्राप हो यद्वा, हामी नै अभिशाप हो
देश हाँक्ने सबै रक्त, भक्त ‘नोकरशाह’ भो ।
बिडम्बना बनी पोल्छ, देशका अङ्ग—अङ्गमा
घिस्रिँदै छ अहो देश, हिम्साको घोर— जङगमा ।।४।।

धादिङवेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x