साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेमिट्यान्सको कथाबाट

Nepal Telecom ad

आमाको आँखामा
खुसी किन अडिदैन ?
साहुका केही हजारहरू
तिरेर किन सकिदैन ?
बालिग अनुभूतिको दोसाँधमा
विभेदको वर्गीय किताब
पढ्दै गर्दा एकदिन
पँधेरीबाट झरिला सपनाहरू
झर्दै गर्दा एकदिन
सुकिलो मुस्कानले भन्यो–
राम्री छ्यौ !
काम पाउन सक्छ्यौ
बहादुर छ्यौ !
जून टिप्न सक्छ्यौ
साथ दिने कसम तिमीलाई
जान्छ्यौ कुवेत शान्ति दोङ ?
नाकमाथि तप्किने झरी
भाँडोमा थापेर
ननिदाई आमाले फ्याँकेको देखेकी थिएँ
भाइबहिनीहरूलाई
बादल भित्रको स्कुल देखाएर
आशाको सुन्दर गीत
आमाले सुनाएको देखेकी थिएँ
कमाएर रुपैयाँका बिटाहरू
हसाउँनु थियो– आफूसँगै हुर्किएको सम्बन्धलाई
न्यानो किनेर
तर्साउनु थियो– तातो चोर्ने शीतलहरहरूलाई
बाबुले पिएको चुरबिँडी
र बज्यैले कुहाएको कोदाको ऋण
रासनको उधारो
हिसाबमा खप्टिएको दिन
दूर्दशाको खुल्ला पानामा
ठूलो आम्दानीको सम्भावित झुट लेखेर
मेन पावरले पठायो ‘फ्रि भिसा’
अभावको पहाडले
मेरो अक्षरको उज्यालो थिचेको बेला
चरी झैं उड्ने मनलाई
हालतको भारीले किचेको बेला
टेलिभिजनको सिसाबाट आइएमइले भन्यो
‘म छु कमाई ओसार्ने’
उड् विदेश शान्ति दोङ !
मानव बेचबिखनको
निर्जन आकाश मुनि
तेल मालिकहरूको अँगालोमा
कसरी मसलिन्छ फूल ?
म खसेँ !
वा खसाइएँ छतबाट !
निराशको रेतीले रेटिएँ
वा रेटाइएँ कसैबाट ?
फर्किएर
सत्य बताउनु थियो
मेडिकल गरिरहेकी बहिनीलाई
खर्चिएर कोमामा आठ वर्ष
रेमिट्यान्सको कथाबाट उठेर
छातीमा हुर्किएको रातो फूल
दिनु थियो च्याङ्बालाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासको सङ्ग्रहालयमा

लासको सङ्ग्रहालयमा

जयन्ता पोखरेल
भिनाजु

भिनाजु

जयन्ता पोखरेल
म हातहरू

म हातहरू

जयन्ता पोखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x