साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईटा ठट्टा

Nepal Telecom ad

संस्कार धान्ने जुक्ति

शेरेकी श्रीमती :
बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो ।

शेरे : 
लौ मरिछे, अनि …. अनि के गरिस त ?

श्रीमती :
अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरेँ नि….! जेठाजु जस्तो मान्छे आउँदा… हत्त न पत्त तौलिया फुकालेर टाउको छोपेँ नि, ….म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!’

 

ट्रयाक्टर चालक गाई

पूर्व कृषि तथा सहकारीमन्त्री मृगेन्द्र कुमारसिंह यादव कुनै जमानामा किसान थिए । कुरा त्यतिबेलाको हो । उनको गाईले साँढे खोज्यो । पल्लोगाउँमा एउटा बीउ साँढे छ भन्ने सुने । संयोगले त्यो साँढे भएको व्यक्ति मन्त्रीजीकै साथी रहेछ । मन्त्रीजीले गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे । धेरै वर्षपछि भेट भएका साथी, खानपिन भयो । उता साँढे र गाईको पनि प्रेमालाप भयो । बेलुकी फर्किने बेला गाईलाई ट्रयाक्टरमा हालेपछि मन्त्रीजीले साथीलाई सोधे, ‘साँढे त लगाइयो, तर गाई भर्ना भए नभएको कसरी थाहा पाउने ?’

‘बिहान गोठमा जानू, गाई भुइँमा बसेर उघ्राइरहेको छ भने भर्ना भयो भन्ने बुझ्नू, उफ्रिँदै कराइरहेको छ भने भर्ना भएन भन्ने बुझ्नू । त्यसो भएछ भने गाईलाई फेरि यहीँ लिएर आउनू ।’ साथीले यति बताएपछि मन्त्रीज्यूले गाई लिएर घर गए ।

भोलिपल्ट गाई गोठमा उफ्रिरहेको थियो । मन्त्रीज्यूले तुरुन्त गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा पुर्याइहाले । साँढे लगाएपछि गाई लिएर मन्त्री फर्किए ।

अर्को दिन पनि गाई उफ्रिरहेको थियो । त्यस दिन पनि गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे मन्त्रीले ।

यसरी सात दिन बिते ।

आठौँ दिनको दिन फर्किने बेला साथीले मन्त्रीज्यूलाई भने, ‘आज चैँ पक्का भयो । भोलि गाई उफ्रिएको हुँदैन । बसेर उघ्राइरहेको हुनेछ ।’

भोलिपल्ट बिहानै मन्त्रीज्यूकी श्रीमतीले उनलाई ब्युँझाइन् र अत्तालिँदै भनिन्– ‘गाई…गाई ।’

मन्त्रीज्यूले आँखा मिच्दै भने, ‘गाई बसेर उघ्राइरहेको छ होइन ?’

‘केको उघ्राउनु नि !’ श्रीमती बोलिन्– ‘गाई त आफैं ट्रयाक्टर चढेर हर्न बजाउँदै छ ।’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x