साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शर्मिला करी

Nepal Telecom ad

‘साना बा, खाना खान आउँनुहोस्, मैले खाना तयार गरेँ ।’– भान्सा कोठाबाट छोरी कराई । बिहानको खाना खाने, छोरीको कलेज जाने र आफ्नो काममा जान बेला भएकाले मैले पल्टाइ रहेको किताब बन्द गरेर भान्साको भातखाने टेबलमा आसन जमाइ हालेँ ।

छोरीले खाना लगाई टेबलमा । गन्ध पनि मन नपर्ने तरकारी भान्सामा भेटिनु, अझ त्यसमाथि पनि दालको सट्टामा त्यसै तरकारीमा झोल हालेको र खाना पश्किएको समेत भए तपाईलाइ के हुन्थ्यो ? मलाई त भाउन्न भयो भान्साको दृश्यले तर के गर्नु र !

किन कि मेरी छोरी भएकी भए त हकार्थें पनि होला तर जेठीसासूकी छोरी परी कलेज पढ्न बसेकी । अझ त्यसमाथि पनि उसकी सानीमा माइती मोरङ गएकीले मलाई धन्न खाना बनाएर ख्वाउँदै थिई र आफ्नो कलेज पनि भ्याउँदै थिई ।

केही नबोली मुखमा गाँस हालेँ, जति रुच्छ त्यति खाउँला र उठेर जाउँला भनेर । भाग बस्ता सकारात्मक बिचार लिएर बसेको भए पो खानाको स्वाद पाइनु, भाग बस्ता नै नकारात्मक बिचार लिएर बसेको खोजेजस्तो स्वाद खानामा पाइने त कुरै भएन । तर अचम्मको कुरा मैले ठानेजति बेस्वादिलो पनि भएन र पहिलो पटक पस्किई दिए जति चैं खाएरै उठेँ ।

परिबन्दले मान्छे कसरी लाचार हुँदो रहेछ भनेर पनि थाहा पाइयो । तर त्यही तरकारी श्रीमतीले बनाएर दिएकी भए… ! पक्का पनि मेरो भद्रता, विद्वता, सहनशीलता आदि–आदिको आदर्शवादी मुखुण्डोले माटोको म्वाईं खाने थियो ।
भोलिपल्ट– त्यही तरकारी, त्यही झोल ।
पर्सिपल्ट– त्यही तरकारी, त्यही झोल ।
त्यसपछि मेरो हालत के भयो होला ? तपाईंले अनुमान लगाउँनुस् त ?
पक्का पनि तपाइले अनुमान लगाएको हुनुपर्छ, यसले भाँडभैलो मच्चायो होला भनेर । तर हैन ।

अनि त आफैं खोजी–खोजी ल्याउँने र झोल हालेर पकाउँने पो भएँ त उल्कै मिठो लागेर ।
र, त्यस तरकारीको नाउँनै राखिदिएँ– ‘शर्मिला करी ।’

तपाई अचम्म मानिरहनु भएको होला के रहेछ हँ त्यस्तो, करी ? भनेर । अचम्म मान्नु पर्दैन त्यो हो, ‘शर्मिला करी’ अर्थात भिण्डीमा झोल ।

जुरोपानी– ४, झापा हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x