साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले हुन्छ सरकार ?

Nepal Telecom ad

तिमी छौ, भन्ने भान कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिँदैमा शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै कति झुक्नु सधैं
हाम्रो देशमा श्रम गुणगान कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन् युवा खाडीमा छन्
नातावादको समाधान कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरू फेरि युद्ध भन्छन्
बन्दुकभन्दा कलम महान कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले धानै नफले’सी !
हिउँद बर्षा मल प्रदान कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पुगोस् नुनको खबर के छ ?
झुपडीको स्तर उठान कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा–बाबु, जहान–बच्चा छन् नि !
एउटै चुल्हो, एउटै सिरान कहिले हुन्छ सरकार ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x