सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कहिले हुन्छ सरकार ?

Nepal Telecom ad

तिमी छौ, भन्ने भान कहिले हुन्छ सरकार ?
खाडी उड्ने रित्तो उडान कहिले हुन्छ सरकार ?

राहदानी फाल्दिँदैमा शासक बनिन्छ र !
नागरिकको सच्चा प्रमाण कहिले हुन्छ सरकार ?

गोर्खे र बहादुर भै कति झुक्नु सधैं
हाम्रो देशमा श्रम गुणगान कहिले हुन्छ सरकार ?

चाटु,चम्चे राडीमा छन् युवा खाडीमा छन्
नातावादको समाधान कहिले हुन्छ सरकार ?

रगतका प्यासीहरू फेरि युद्ध भन्छन्
बन्दुकभन्दा कलम महान कहिले हुन्छ सरकार ?

के गर्नु त्यो संबिधानले धानै नफले’सी !
हिउँद बर्षा मल प्रदान कहिले हुन्छ सरकार ?

सुनको भाउ जहाँ पुगोस् नुनको खबर के छ ?
झुपडीको स्तर उठान कहिले हुन्छ सरकार ?

हाम्रा पनि आमा–बाबु, जहान–बच्चा छन् नि !
एउटै चुल्हो, एउटै सिरान कहिले हुन्छ सरकार ?

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
के युवा ?

के युवा ?

रेहित सैजु
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी