सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आऊ एउटा सहमति गरौँ

Nepal Telecom ad

आऊ एउटा सहमति गरौँ
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क
तिमी मेरो तारिफ गर
म तिम्रो गर्छु
तिमी मेरा कुरा सुन
म तिम्रा कुरामा बुट्टा भर्छु ।

तिमी मेरो छोरालाई छात्रवृत्ति मिलाईदेऊ
म तिम्रा काममा समर्थन जनाई दिउँला
तिमी मेरो सालोलाई ठेक्का दिलाईदेऊ
म तिम्रो ससुरालीको घर बनाई दिउँला
तिमी मेरो सदर गर
म तिम्रो कदर गर्छु
यसो गर्दा तिमीलाई नि कसैले शङ्का गर्दैन
मैले पनि स्पष्टीकरण दिईरहनु पर्दैन ।

सिधा औँलाले घिउ आउँदैन
त्यसैले, तिमी औँला बङ्ग्याऊ
म खुट्टा घुमाउँछु
तिमी उच्च नैतिकताको कुरा गर
म समर्थन जनाउँछु
यसरी तिमी पनि व्यवहार मिलाऊ
म पनि केही कमाउँछु ।

किनकि,
मैले आफैंलाई दिन मिल्दैन
तिमीले नि आफैंसँग लिन मिल्दैन
तिमी मलाई सम्मान गर
म तिमीलाई खादा ओढाउँछु
तिमी मेरा लागि श्रोता तयार गर
म तिम्रा लागि दर्शक बढाउँछु ।

यसरी,
हाम्रो नाम पनि हुन्छ, दाम पनि हुन्छ
अरुले देख्दा काम पनि हुन्छ
तिमी मलाई प्रतिभावान भन
म तिमीलाई निष्ठावान भन्छु
त्यसैले,
आउ एउटा सहमति गरौं
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क ।

तिमी मलाई क्यावात् भन
म तिमीलाई स्यावास भन्छु ।
तिमी मेरो शुभेच्छुक बन
म तिम्रो समर्थक बन्छु ।

२०७१ साल साउन १० गते साहित्य सङ्गम, मकवानपुरको
२२७ औं साहित्य सन्ध्यामा वाचन गरिएको ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तरवार्ता

अन्तरवार्ता

मीनप्रसाद लामिछाने
अङ्ग्रेजी भाषाप्रतिको मोह

अङ्ग्रेजी भाषाप्रतिको मोह

मीनप्रसाद लामिछाने
काका, यो शहर हो !

काका, यो शहर हो...

मीनप्रसाद लामिछाने
झगडा

झगडा

मीनप्रसाद लामिछाने
बकपत्र

बकपत्र

मीनप्रसाद लामिछाने
एकादेशको कथा

एकादेशको कथा

मीनप्रसाद लामिछाने
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही