साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ एउटा सहमति गरौँ

Nepal Telecom ad

आऊ एउटा सहमति गरौँ
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क
तिमी मेरो तारिफ गर
म तिम्रो गर्छु
तिमी मेरा कुरा सुन
म तिम्रा कुरामा बुट्टा भर्छु ।

तिमी मेरो छोरालाई छात्रवृत्ति मिलाईदेऊ
म तिम्रा काममा समर्थन जनाई दिउँला
तिमी मेरो सालोलाई ठेक्का दिलाईदेऊ
म तिम्रो ससुरालीको घर बनाई दिउँला
तिमी मेरो सदर गर
म तिम्रो कदर गर्छु
यसो गर्दा तिमीलाई नि कसैले शङ्का गर्दैन
मैले पनि स्पष्टीकरण दिईरहनु पर्दैन ।

सिधा औँलाले घिउ आउँदैन
त्यसैले, तिमी औँला बङ्ग्याऊ
म खुट्टा घुमाउँछु
तिमी उच्च नैतिकताको कुरा गर
म समर्थन जनाउँछु
यसरी तिमी पनि व्यवहार मिलाऊ
म पनि केही कमाउँछु ।

किनकि,
मैले आफैंलाई दिन मिल्दैन
तिमीले नि आफैंसँग लिन मिल्दैन
तिमी मलाई सम्मान गर
म तिमीलाई खादा ओढाउँछु
तिमी मेरा लागि श्रोता तयार गर
म तिम्रा लागि दर्शक बढाउँछु ।

यसरी,
हाम्रो नाम पनि हुन्छ, दाम पनि हुन्छ
अरुले देख्दा काम पनि हुन्छ
तिमी मलाई प्रतिभावान भन
म तिमीलाई निष्ठावान भन्छु
त्यसैले,
आउ एउटा सहमति गरौं
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क ।

तिमी मलाई क्यावात् भन
म तिमीलाई स्यावास भन्छु ।
तिमी मेरो शुभेच्छुक बन
म तिम्रो समर्थक बन्छु ।

२०७१ साल साउन १० गते साहित्य सङ्गम, मकवानपुरको
२२७ औं साहित्य सन्ध्यामा वाचन गरिएको ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x