साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोगी– रोगी– क्रोधी ?

Nepal Telecom ad

भोगी छन् अगुवा, भुले विगतका, ती चप्पले जीवन
मात्रै बोतल फोर्नमै सरिक छन्, काट्ने कयौ रीवन ।
रेडै लेभल ब्ल्याक लेभल पिई, मासु हसुर्छन् अती
वेश्या भोग सकेर मन्च तलमा, छाँट्छन् सतीत्वै कती ? ।।१।।

रोगी छन् तर शीर्ष–नायक हुने इच्छा सधैं अग्लियो
देशै देश घुमेर ओ–खति हुँदा, कोशै सबै पग्लियो ।
जस्को चित्त–शरीर रोगघर भो, गर्ला सफा शासन ?
रोगी नै किन मूल नायक बनी, खोज्छन् सधैं आसन ? ।।२।।

दुर्वासा र अगस्तिका गण सधैं, सङ्ग्राममा गर्जिदैं
दिन्छन् वार्निङ तुच्छ, स्वार्थ बलमा सच्चाइले तर्सिदै ।
जातै जात र क्षेत्र धर्म सबका, मुद्दा उचाली यहाँ
क्रोधी क्रोध छरेर नायक हुने, स्वप्ना बुनिन्छन् जहाँ ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x