साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार र कानुनजस्तै

Nepal Telecom ad

अस्ताउनै लागेको घाम र जुनजस्तै
जीवन भो हावा फुस्केको बेलुनजस्तै ।

जस्को बोली सुन्न आतुर हुन्छु म
उस्को बोली हुन्छ महँगो सुनजस्तै ।

पाँचतारे होटलमै मिठो पाइन्न आमा
हजुरले बनाएको रोटी र तिहुनजस्तै ।

हिजोआज साठी नाघेका हजुरबाहरू
कहलाइरहेका छन् सोह्रबर्षे तरुनजस्तै ।

तिमी यति अन्जान नबनिदेउन प्रिया
यो नेपालको सरकार र कानुनजस्तै ।

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x