साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

Nepal Telecom ad

पैह्रो जाने डाँडामुनि बस्ता भयौं हामी
के फेरिन्थ्यौँ जस्ता थियौं तस्ता भयौं हामी ।

लुटी खानेलाई ठुङ्ने हुती भए पो त
आफैलाई घरीघरी डस्ता भयौं हामी ।

ठूलै माछो छोपी भुटी खाने दाउ थियो
आफ्नै महाजालभित्र फस्ता भयौं हामी ।

दुनियाँमा को नै होला हामी भन्दा घाती
गाला मुसारेर भाला धस्ता भयौं हामी ।

आफ्नो भान्सामा तेलको छैन थोपो छिटो
पराइका गोडा घिउ घस्ता भयौं हामी ।

हाम्रो बाटो उन्नतिको भनी गथ्र्यौं दावा
घिरिंगघाट पुर्याउने रस्ता भयौं हामी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x