टिपनटापनठट्यौली : जस्तालाई तस्तै
ग्राहक र चिया व्यापारी बीच कुराकानी भैरहेको थियो ।
ग्राहक– साहूजी, चिया बनाउनुहोस् ।
व्यापारी– हुन्छ हजुर । (चिया बनाएर दिन्छ ।)
ग्राहक– साहुजी, चियामा त चिनी नै हाल्नुभएनछ नि !
व्यापारी– तपार्इं त असाध्यै बढी चिनी खानुहुँदो रहेछ, सिधै कारखानामा जानुहोस् ।
(व्यापारीको जवाफ सुनेर ऊ जुरुक्क उठेर हिँडेछ ।)
व्यापारी– ओ, दाइ पैसा दिनु पर्दैन चिया खाई सकेपछि ?
ग्राहक– केको पैसा चिनी माग्दा कारखाना जानु भन्नेले चियाको पैसा लिन बैङ्कमै गए भैहाल्यो नि !
— मनिष कँडेल
Subscribe
Login
0 Comments
Oldest






































