साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका

Nepal Telecom ad

निर्दाेष यी आँखाबाट
अपहरण गरेर तिमीले
बेपत्ता पारेका सपनाहरूको यादमा
आँखाबाट पोखिएर मन
छातीमाथि जमेको पोखरीमा
तिमीले पौडी खेली रह्यौ
मैले आँसु बहाई रहेँ

कलिलो मायाको घाँटी निमोठेर तिमीले
मेरो आँखाको सपना मात्र लुटेनौ
ओठको मुस्कान र मुटुको धड्कन
मात्र पनि लुटेनौ
लङ्गडाको हात समाउने बाहानामा
वैशाखी समेत लुटेर तिमीले
हिँड्न त के ! उभिनै नसक्ने बनाई दियौ

यसरी नै –
प्रकाशले सूर्यको साथ छोडी दियो भने
कोइलीले वसन्तलाई बिर्सी दियो भने
वास्नाले फूललाई धोका दियो भने
अथवा
भगवान्ले भक्तसँग बदला लियो भने
अरु के नै बाँकी रहला र यहाँ ….. ?

थलारा, बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x