साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ मुनामदन

Nepal Telecom ad

मदन :
हे मेरी प्यारी गिरिजा तिमी बिरामी नबन्नू
र हाम्रो गोप्य संसर्गबारे कसैलाई नभन्नू
हस्ताक्षर गर्दा अचेत थिएँ यो पनि नभन्नू
जे परे पनि बेहोर्ने मै छु कसैलाई नचुन्नू ।

मुना :

हे मेरा प्यारा प्रचण्ड मेरो बाध्यता बुझिदेऊ
सक्तछौ भने समस्या सारा तिमी नै पुछिदेऊ
यो बूढो हाड, कुप्रेको ढाड भारी छन् गरिष्ठ
जो मित्रराष्ट्र भनिन्छन् तिनै दशा हुन् अरिष्ट ।

मदन :

म बोलेँ भने यो बूढो कानले सुन्दैन भन्दछ्यौ
नाठाले बोल्दा साउती पनि बेस्सरी सुन्दछ्यौ
सातोटा दल, सत्तरी छल, जिब्रा छन् हजार
फुकालिसक्यौ तिमीले मेरो सुरुवालको इँजार ।

मुना :

आँखाका तारा हे मेरा प्यारा त्यसरी नभन
तिमीले हेप्ता धर्धरी रुन्छ कमलो यो मन
सबैका कुरा मान्दछु काट्न म सक्तै सक्तिनँ
नबस भन यो कुर्सीमाथि म बस्तै बस्तिनँ ।

मदन :

चुरा र धागो ल्याइद्या छु प्रिये यसरी नरिसाऊ
नमरुन्जेल गह्रुङ्गो भारी अन्यत्र नबिसाऊ
मैले जे भन्छु त्यै गछ्र्यौ भने सर्कारमा बसुँला
काङ्ग्रेसी ढङ्ग देखायौ भने जङ्गलै पसुँला ।

मुना  :

रातमा तिमी हल्लाउँछौ दिउँसो दर्बारले तर्साउँछ
एउटा कालले उचाल्दै लान्छ अर्काले फर्काउँछ
यसरी धेरै नअत्याऊ प्रिये अर्काकी भइदिउँला
बिस्तारै सुम्सुम्याउँछौ भने हनिमुन गइदिउँला ।

तल्लो बेँसी, धादिङ

फित्कौली अंक ९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x