साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मआलोचित कमरेड

Nepal Telecom ad

कमरेडले बिहानको भव्य समारोहमा गरेको आत्मआलोचनालाई के दोहोर्यााएका थिए, एउटा धुमिल आकृति अगाडि ठिङ्ग उभियो ।
रातको बेला थियो ।
चारैतिर सन्नाटा ।

\’को हो हँ ?\’ कमरेड आत्तिए ।
\’मलाई चिनेनौ ?\’
\’अहँ, चिन्न सकिन ।\’
\’गजब छ, आफ्नै आत्मालाई पनि चिन्दैन ।\’
\’के भनेको ?\’ आकृतिको अस्फुट स्वर ठम्याउन नसकेर कमरेडले सोधे ।
\’साँच्चै, मलाई चिनेनौ ?\’
कमरेडले गहिरिएर आकृतितिर हेर्नथाले ।
अगाडिको ऐनामा बिहानैको फूलमाला गलामा हल्लिरहेको थियो ।
बाहिर कल्याङ-मल्याङ भइरहेको थियो । ऐनामा वरिष्ठ कमरेडको हातबाट लगाइएको निधारको रातो टीका पनि चम्कियो ।
कमरेडले त्यहाँबाट आँखा हटाए ।

\’म तिम्रो आत्मा हुँ ।\’ आकृतिले भन्यो ।
\’आत्मा … ?\’
\’हो, आत्मा ।\’
कमरेड दंग परे । त्यसपछि सोच्न थाले- यो एकाएक आत्माको उपस्थितिको कारण के हो ? अनि लगत्तै निधार खुम्चियो- मैले यस्तो कुरामा विश्वास गर्नु हुँदैन । अन्त्यमा मनमनै भने-
परन्तु साक्षात अघिल्तिर उभिएकोलाई कसरी अस्वीकार गर्ने ?
अहिले मौनता थियो ।
कुनै हलचल थिएन ।
एउटा माउसुली भित्तामा टाँसिएर यता हेरिरहेको थियो ।
कमरेडले टाउको उचाले ।
ऐनामा असाध्यै गम्भीर देखिए कमरेड ।
\’के सोचिरहेछौ कमरेड ?\’ आकृतिले प्रश्न गर्यो? ।
\’तिमी आत्मा नै हौ ?\’ कमरेडले प्रतिप्रश्न गरे ।
\’किन, विश्वास लागेन ?\’ आकृति चल्मलायो ।
\’म एक भौतिकवादी हुँ ।\’ कमरेडले जोड दिएर भने, \’मलाई यस्तो आत्मा-सात्मामा कुनै विश्वास छैन ।\’
प्रत्युत्तरमा आकृतिले केही भनेन ।

\’भन, तिमी को हौ ?\’ कमरेडले हप्काए ।
\’तिम्रो कमरेडीय बानी-बेहोरालाई केही भएको रहेनछ ।\’
\’यसको मतलव ?\’ कमरेडको स्वर चर्कियो ।
\’तिमीले अहिलेसम्म आफ्ना पुराना कुरालाई जोगाएर राखेका रहेछौ कमरेड ।\’ आकृतिले व्यंग्य गरेर भन्यो, \’पहिलेको वामपन्थीपनलाई त्याग गरेको रहेनछौ ।\’
\’होइन, तिमी के भन्दैछौ ?\’
\’भङ्गमिा पनि उस्ताको उस्तै रहेछ ।\’
फेरि बाहिर कल्याङ-मल्याङ हुनथाल्यो । कमरेडले टाउको उचालेर हेरे । माउसुली भित्ताबाट गायब थियो ।
\’हेर, तिम्रै कारणले मैले आकार लिनुपरेको हो कमरेड ।\’ कमरेडलाई मौन देखेर आकृतिले फेरि भन्यो ।
\’मैले के गरेँ ?\’ कमरेडले आश्चर्यसाथ सोधे ।
\’तिमीले आत्मआलोचना गरेको होइनौ कमरेड ।\’ आकृतिले हाँसेर भन्यो, \’अब मेरै कुरामा मैले प्रकट हुनुपरेन ?\’
कमरेड चुपचाप टोलाइरहे ।

\’गल्ती, बेइमानी, बदमासी आदि गर्नेहरूले मलाई बडो कामको चिज बनाएको छ ।\’
कमरेडको मौनता लम्मिइरहेको थियो ।
\’तिमीहरूले मेरो राम्रो उपयोग गरेका छौ, मान्नैपर्छ ।\’
\’हेर, तिमी अनावश्यक कुरा नगर ।\’ कमरेडले मुख खोले ।
आकृति थोरै मुस्कुरायो । कमरेडले सोचे- केही समयका लागि मैले विचार-सिचार छाडेको हुँ । अब आफ्नो व्यक्तिगत लाभका लागि पनि त केही गर्नुपर्योम । कति अरूका लागिमात्र विचार गरिरहने ? यत्तिकैमा मलाई गद्दार भनियो । कमरेड गम्भीर भए- अहिले आत्मआलोचना गरिसकेको छु क्यारे ।

\’के चिन्तन-मनन भइरहेछ भूपू कमरेड ?\’ आकृतिले भन्यो ।
\’के भूपू कमरेड ?\’
\’मेरो मतलव कमरेड नै हो कमरेड ।\’
\’हेर, समयानुसार हिँड्नैपर्योड ।\’ कमरेडले मुख बिगारेर भने, \’त्यो बेला त्यस्तै थियो । त्यसैले म त्यतातिर लागेँ । यता टिक्नै गाह्रो थियो । अनि के गर्ने त ?\’ अलि बेस्सरी भने, \’अब आत्मआलोचना गरेर पार्टीमै आइसकेपछि सबथोक बिर्सनु नै राम्रो ।\’

रात गहिरिएको थियो । कोठा सुनसान । बाहिरबाट आवाज आउन बन्द । यो सबबाट अनजान पत्नी आरामदायी पलङमा निद्रामा थिई । ऐनामा निधारको रातो टीका चम्किइनै रहेको थियो । एक्कासी त्यो धुमिल आकृति केही नभनिकन त्यहाँबाट हरायो ।

कमरेडले आफ्नो गलामा बिहानैदेखि पहिरिएको फूलमालालाई एकपटक फेरि सुमसुम्याए ।

कान्तिपुर २०६७ कार्तिक २१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x