साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर नभए

Nepal Telecom ad

हजुर नभए
साँढे गोरुझैं को आउँथ्यो–
घण्टी कसले बजाउँथ्यो–
यताउति कसले रातो लाउँथ्यो–
मनपरी गर्न कसले पाउँथ्यो–
त्यो घुमाउने कुर्सीमा को बस्थ्यो–
सरकारी अड्डामा को पस्थ्यो–
त्यत्तिका घूस कसले खान्थ्यो–
कहिलेकाहीं जेल को जान्थ्यो–
हजूर नभए
हजूरको कामै हुँदैनथ्यो ।
साच्चैं नि !
हजूर नभए
मैले नै पनि कसको बारेमा लेख्ने–
कसलाई आँखा तर्ने–
कसको बारेमा कुरा गर्ने–
कसलाई सरापेर निन्दा गर्ने–
कसको आदेश मान्ने–
कसलाई कलिजुगका देवता ठान्ने–
कसलाई निहुरेर ढोग गर्ने–
कसको शरणमा पर्ने–
कसलाई भए नभएको चिप्लो घस्ने–
कसको भक्तिभावमा आनन्दसँग बस्ने–
हजुर नभए
मेरै पनि त कामै हुँदैनथ्यो ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x