साधुराम खड्काटाउकेकै हैकम भो
उनको सम्झनामा जूनको आगमन भो
काँडाको बीचबाट फूलको प्रस्फुटन भो
संविधान कुर्दा कुर्दा कपाल–जुँघा सेतै भो
के खोजेको हो मैले सधैं दौडधूप भो ।
रित्तो हात गएँ फर्कंदा नि रित्तै भो
कहिले तेरो मेरो भनी घम्साघम्सी गरियो
त्यो सब जीवनमा व्यर्थ–व्यर्थ भो
न देशले केही पायो, न त सुबिस्ता भो
सत्ता त खालि सट्टा ६०१ को शासन भो ।
सोझा सिधा मर्दै गए, टाउकेकै हैकम भो
देशको लागि तिरेको कर पनि आर्यघाटमा
जानै आँटेका नेताकै निम्ति भर भो
जति दुः ख गरे नि, न देश भो, घर भो ।
जनताको कर्मथलो विदेश भो
नेताले परजीवीले झै चुस्दै गो
विदेशी भूमिबाट विचरो नागरिक घर फिर्दा
हाडछाला र रोग मात्र बाँकी भो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































