साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्रौँ श्रृंखलामा अनुपम

Nepal Telecom ad

कार्तिक १६, काठमाडौँ । संस्कृति, कला, साहित्य समाजको विकास, अस्तित्व एवम् पहिचानका महत्वपूर्ण आधार हुन् । यिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । अनुपम सिर्जना प्रतिष्ठान नेपाल राजधानीको प्रवेशद्वार कलंकीमा रहेर साहित्यिक गतिविधिका माध्यमबाट सृजनशील कार्यमा क्रियाशील रहँदै आएको साहित्यिक संस्था हो । हरेक महिनाको तेस्रो शनिबार प्रतिष्ठानको आयोजनामा सिर्जना वाचन कार्यक्रम सम्पन्न हुँदै आएको छ । कार्यक्रमको सत्रौँ शृंखला शनिबार एडमार्क कलेज, कलंकीमा सम्पन्न भयो ।
उक्त अवसरमा कार्यक्रमका सहभागी कविहरूले काव्य वाचनमा पहिलेभन्दा निकै प्रगति गरेको सन्दर्भ कोट्याउँदै प्रमुख अतिथि वरिष्ठ छन्द शिल्पी रमेश खकुरेलले भन्नुभयो, ‘आज वाचन गरिएका कवितामा आआफ्नै किसिमको ओज र लयात्मकता थियो ।’ कार्यक्रममा राजधानीमा छन्दका पारखीहरूबीच कोक गोष्ठी सञ्चालन गर्दै आउनुभएका प्रमुख अतिथि कवि खकुरेलले संस्था सञ्चालन—सम्बन्धी आफ्नो प्रेरणादायी अनुभव पनि साट्नुभयो । यस क्रममा सत्र वर्षपछि बल्ल आफ्नो संस्था कोक गोष्ठी परिवार यस वर्ष दर्ता भएको सन्दर्भ स्मरण गर्दै उहाँले भन्नुभयो, ‘संस्थालाई अगाडि बढाउन दरिलो सहभागिता आफ्नै हुनुपर्छ । हतारिनु हुँदैन । डेलिकेटेड भएर उच्च मनोबलका साथ संस्थाका लागि काम गरिरहनुपर्छ ।’ उक्त अवसरमा उहाँले देवकोटा पुरस्कारद्वारा सम्मानित संस्थाका सदस्य एवम् वरिष्ठ छन्द साधक भुवनहरि सिग्देललाई बधाई ज्ञापन गर्दै आफ्नो काव्य सिर्जना पस्कनुभयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण तथा दिवंगत स्रष्टा जगदीश घिमिरेप्रति श्रद्घासुमन व्यक्त गर्दै उहाँको सम्झनामा एक मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रम करिव साढे दुई घन्टासम्म चलेको थियो । कार्यक्रममा बीस जना स्रस्टाहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी प्रारम्भ गरिएको उक्त कार्यक्रममा संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले स्वागत मन्तव्यका साथै छन्दोबद्ध कविता वाचन गर्नुभएको थियो । अतिथि स्रष्टाहरूले अनुपमको साहित्यिक गतिविधि एवं सर्जकहरूको सक्रियता अत्यन्त प्रशंसनीय रहेको विचार व्यक्त गर्दै आ–आÏना सिर्जनाहरू वाचन गर्नुभएको थियो । नयाँ–पुराना पुस्ताका स्रष्टाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कविता, गजल, मुक्तक, गीतलगायतका विविध विधामा प्रस्तुति दिइएको थियो ।
कार्यक्रममा सहभागी हुनुभएका स्रस्टाहरूमध्ये भुवनहरि सिग्देल, गौरीनाथ ढकाल, शारदा पाठक, पूर्णप्रसाद पन्त, विनुबाबा घिमिरे, भगवती रोका ‘भूमिका’, जीतु खड्का, नरेश ढकाल, रामशरण खड्का, हरि खनाल, ठाकुरप्रसाद प्रधान, डा. हरिकुमार श्रेष्ठ, जगदीश्वर पोखरेल लगायतका स्रष्टाहरूले आÏना रचना पस्किनुभएको थियो ।
धन्यवाद ज्ञापनको सङ्क्षिप्त मन्तव्यका साथै कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं सभाध्यक्ष रमेशप्रसाद गौतमले आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालनमा हुनुहुन्थ्यो प्रतिष्ठानका सचिव जितु खड्का ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x