साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको तस्विर

Nepal Telecom ad

के ठानेर हो कुन्नी ?
आफ्नो निजी निवासको गोप्य कोठामा बोलाएर
पशुपतिनाथले भेटीघाटीको हिसाब राखिदिने मानिस खोज्न पठाए ।
कुन स्वार्थमा हो कुन्नी ?
एक प्रतिष्ठित एनजिओले
पुराना कपडा पहिरिएर रुन लगायो ।
र, फोटो खिचेर लग्यो ।
कसले सुन्न चाहेछ कुन्नी पुराण ?
पण्डितजी गेस्टहाउसको रंगिन कोठाभित्र छिरे ।
र, ढोकामा चुक्कुल लगाए ।
बीच सडकमै अस्मिता लुटिएर रुँदै गरेकी युवतीलाई
कति हप्कायो होला पुलिसले ?
शान्ति सुव्यवस्था बिथोलेको भन्दै !
सधैं हतारमा देखिने ती यात्रीले
दशकौं पहिलेदेखिको यात्रा गरिसकेपछि पनि
अझै किन गर्दै छन् कतै पनि नपुगिने यात्रा ?
महंगो शुल्क तिरेर मास्टर्स पढ्दै गरेको
ट्यालेन्ट युवाले कतिपटक बिसिर्यो होला देशको नाम ?
र, सर्च गर्यो होला गुगलमा ?
यी सबै प्रश्नहरूको उत्तर खोज्दै हिँडेको सपनालाई
कति वर्ष पहिले लखेट्यो होला देशले ?
देशबाट !
म भने,
इतिहासको भग्नावशेषभित्र
सपनाको त्यही
तस्विर खोजीरहेछु ….।

हत्पते–७, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x