साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको तस्विर

Nepal Telecom ad

के ठानेर हो कुन्नी ?
आफ्नो निजी निवासको गोप्य कोठामा बोलाएर
पशुपतिनाथले भेटीघाटीको हिसाब राखिदिने मानिस खोज्न पठाए ।
कुन स्वार्थमा हो कुन्नी ?
एक प्रतिष्ठित एनजिओले
पुराना कपडा पहिरिएर रुन लगायो ।
र, फोटो खिचेर लग्यो ।
कसले सुन्न चाहेछ कुन्नी पुराण ?
पण्डितजी गेस्टहाउसको रंगिन कोठाभित्र छिरे ।
र, ढोकामा चुक्कुल लगाए ।
बीच सडकमै अस्मिता लुटिएर रुँदै गरेकी युवतीलाई
कति हप्कायो होला पुलिसले ?
शान्ति सुव्यवस्था बिथोलेको भन्दै !
सधैं हतारमा देखिने ती यात्रीले
दशकौं पहिलेदेखिको यात्रा गरिसकेपछि पनि
अझै किन गर्दै छन् कतै पनि नपुगिने यात्रा ?
महंगो शुल्क तिरेर मास्टर्स पढ्दै गरेको
ट्यालेन्ट युवाले कतिपटक बिसिर्यो होला देशको नाम ?
र, सर्च गर्यो होला गुगलमा ?
यी सबै प्रश्नहरूको उत्तर खोज्दै हिँडेको सपनालाई
कति वर्ष पहिले लखेट्यो होला देशले ?
देशबाट !
म भने,
इतिहासको भग्नावशेषभित्र
सपनाको त्यही
तस्विर खोजीरहेछु ….।

हत्पते–७, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x