साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले पनि ताली बजाएँ

Nepal Telecom ad

आयो निम्ता । जानै पर्यो । यो शहरमा एक हप्तामा चौध चोटी हुन्छ साहित्यिक अनुष्ठान । आफू लेखक मात्र होइन, एउटा गतिलै साहित्यिक पत्रिकाको जिम्मेवारी बोकेको मान्छे । ढिलो गर्ने चलन होइन, समय संस्कारमा नेपालीको अपवाद रे म ।

कार्यक्रम ८१ मिनेट ढिलो । कर्मकाण्ड यथावत । “अब यो समयका अति चर्चित लेखक एवम् कवि ‘दिग्गज नारायण औतारी’ लाई प्रमुख अतिथिज्यूले दोसल्ला ओढाएर सम्मान गर्नुहुनेछ ।” उद्घोषक महोदय ।

तीन दिन अघिको दृश्य सम्झिन पुगेँ । यो मान्छे पत्रिकामा लेख छपाउन तीन चोटी धायो । नामै नसुनेको । कहिले कतै नपढेको । सारै अनुनय विनय गर्यो । पाँच चोटी परिमाजैन गर्न लगाएर बल्ल बल्ल छापेँ । आज यो चमत्कार !

“होइन, यो देशमा सम्मान र पुरस्कार किन यति सस्तो भयो हँ !” आफैंसित । पररर ताली बज्यो । मैले पनि ताली बजाएँ । धरोधर्म मलाई त्यो दिन खाना कत्ति पनि रुचेन ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x