साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेँगू

Nepal Telecom ad

अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

हुकुम प्यारो डेँगूलाई
दरबार हुकुम गर्छ, डेँगू हाजिर
डेँगूलाई ज्वरो आउँदैन !
कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित
डेँगूलाई पेट दुख्दैन !
साम्राज्यवाद हुकुम गर्छ, डेँगू कुदेर पुग्छ
डेँगूलाई दम बढ्दैन !
जब निम्तो गर्छ जनसंसदले, डेँगू बिरामी पर्छ
डेँगूलाई दम बढ्दैन !
जब निम्तो गर्छ जनसंसदले, डेँगू विरामी पर्छ
डेँगू रोगले छट्पटाउँछ
उसको दम बढ्छ
उसलाई रक्तचापले सताउँछ
हुकुमबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

स्वतन्त्रता प्यारो छ डेँगूलाई
प्यारजङ्गहरू मान्छे मार्छन् !
मारून्– स्वतन्त्रता हो !
कटुवालहरू फुली थाप्छन् !
थापून्– स्वतन्त्रता हो !
सीतारामहरू ढुकुटी फोर्छन् !
फोरून्– स्वतन्त्रता हो ।
व्यभिचारीहरू बलात्कार गर्छन् !
गरून्– स्वतन्त्रता हो ।
स्वतन्त्रताबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

शान्ति प्यारो छ डेँगूलाई
मानिसहरू अपहरणमा पर्छन्
ॐ शान्ति ! शान्ति !
मानिसहरू भोकले मर्छन्–
ॐ शान्ति ! शान्ति !
मानिसहरू बाढीले बग्छन्–
ॐ शान्ति ! शान्ति !
मानिसहरू पहिरोले पुरिन्छन्–
ॐ शान्ति ! शान्ति !
शान्तिबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !
बिसङ्गति प्यारो छ डेँगूलाई
मैदानमा कालाजार मनपर्छ डेँगूलाई
जङ्गलमा विषालु झार मनपर्छ डेँगूलाई
गाउँमा अत्याचार मन पर्छ डेँगूलाई
सहरमा कारागार मन पर्छ डेँगूलाई
प्रशासनमा भ्रष्टाचार मन पर्छ डेँगूलाई
प्रेममा व्यभिचार मन पर्छ डेँगूलाई
धर्ममा अन्धविश्वास मन पर्छ डेँगूलाई
दृश्यमा अन्धकार मन पर्छ डेँगूलाई
मित्रतामा कुलङ्गार मन पर्छ डेँगूलाई
विसङ्गतिबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठोको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

कपन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x