कलानिधि दाहालकसले भन्छ नराम्रो छु ?
गल्ति गर्ने उपियाँ उफ्रिगो जुम्रो जालमा पर्यो
दोषी कता बेपत्ता निर्दोषी बिनाकालमा मर्यो
संसारै जाली फटाहाको कहाँ छन् खै सज्जन
कसले भन्छ र नराम्रो छु कोहि हुन्न दुर्जन ।
सबै राम्रा छन् र जाति पनि कोहि हुन्न बैगुनी
मुखले दर्शन छाँटि हिँड्ने सबै मनका खुनी
भाषण छाँट्ने सत्मार्गको आफै हिँड्छ कुवाटो
लोकलाज बिर्सि निर्लज्ज भै कुरि बस्छ दोबाटो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































