चट्याङ मास्टरचट्याङवाणी
१. नेता र कट्टु समय–समयमा फेरेन भने गनाउन थाल्छ ।
२. नेतामाथिको विश्वास र चितामाथिको लाश सकिन कतिबेर लाग्छ र ।
३. मलाई हाम्रा नेताको बोली असाध्य मीठो लाग्छ किनभने त्यसमा बुद्धि मिसिएको हुँदैन ।
४. नेता चढ्ने मोटर ठूलै हुनुपर्छ, उहाँसँगै उहाँका विचारहरूले पनि त यात्रा गर्दा अटाउनु प¥यो नि ।
५. उहाँको सम्पूर्ण शरीर गणतन्त्रात्मक छ । शरीरका हरेक अङ्ग स्वशाषित छन् र आफ्नै किसिमले हलचल गर्न स्वतन्त्र छन् ।
६. ठूल्ठूला पदमा बस्नेको सधैँ टाउकोभन्दा भुँडी ठूलो किन हुन्छ कुन्नि ?
७. नेतालाई सम्मान दिनु भनेको कुखुरोलाई कम्बोर्ट दिनु जस्तै हो । कता लाउनु, कता हिँड्नु ।
८. नेताको भनाइ बेठीक होइन अहिले परिस्थितिले गर्दा हाललाई ठीक प्रमाणित गर्न विदेशी हस्तक्षेपले गर्दा असहज वातावरणको सिर्जना क्षणिक रूपमा भएको मात्रै हो ।
९. अरुले ढाँटेको भन्दा नेताजीले ढाँटेको राम्रो किन भने कमसेकम यसले ढाँट्छ भन्ने कुरा त आफूलाई पहिल्यै थाहा हुन्छ ।
१०. ९९.९ नेताहरूले गर्दा बाँकी थुप्रै असल नेताहरू पनि बद्नाम भएका छन् ।
११. उहाँले कति छिटोछिटो प्रगति गर्दै अगाडि बढ्नुभयो भने उहाँकै बुद्धिले उहाँलाई पछ्याएको पछ्यायै छ तर भेटाउन सकेको छैन ।
१२. धेरै मानिसले आफ्ना कुरा पत्याउन थालेपछि आफू नेता होइने तर नेता भइसकेपछि आफूले जे बोले पनि कसैले नपत्याउने गरेको किन होला ?
१३. जनताको भाषण सुन्ने चाहना पूरा गर्न नेताले भाषण गरिदिएको हो कि नेताको भाषण गर्ने चाहना पूरा गरिदिन जनताले सुनै झैँ गरिदिएको हो ?
१४. नेता र टुथपेस्टमा फरक के छ भने ट्युबबाट निकालेको पेस्ट फेरि ट्युबमा हाल्न सकिन्न तर नेतालाई एकपटक सदनभित्र छिराएपछि त्यहाँबाट निकाल्नै मिल्दैन ।
फित्कौली अङ्क १७ बाट
Subscribe
Login
0 Comments
Oldest



































