साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफू त अब

Nepal Telecom ad

 

हलो जोत्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब
काठमाडौं गइन्छ
मन्त्री नि भइन्छ
नुनदेखि सुनसम्म
रेलदेखि तेलसम्म
फलदेखि मलसम्म
बढाउनु भाउ बढाइन्छ
भाउ बढाउँदा व्यापारीसित
बेसरी कमिसन खाइन्छ
जेगरी हुन्छ
आउने दसैँमा गाम आउँदा
पजेरोमा हालेर
झक्कले खसी ल्याइन्छ ।

खलो पोत्दै गर्दा
फोन आयो नेताको
आफू त अब राजधानी गइन्छ
छानेर मन्त्री खाइन्छ
मान्नेलाई चुनेर
नमान्नेलाई थुनेर
टेर्नेलाई जुटेर
नटेर्नेलाई कुटेर पनि
कर्मचारी एक–एकलाई तह लाइन्छ
खान हुने
खान नहुने सब कुरो खाइन्छ
के गरी हुन्छ
आउने दशैँमा गाउ आउँदा
कालो चश्मा ठोकेर
कालै गाडीमा आइन्छ ।

दाउरा काट्दै गर्दा
फोन आयो पार्टीको
आफू त अब ठूलो सहरमा गइन्छ
चुनी चुनी मन्त्रालय समाइन्छ
वन–जङ्गल
हात्ती–गैँडाको के कुरा
ढलदेखि मलसम्म खाइन्छ
भ्रष्टचारी, दुराचारी, जसले जे भनोस्
सबको बिल्ला नि लाइन्छ
जे गरी हुन्छ
आउने दसैँमा गाउँ आउँदा
चिल्ला चिल्ला गाला पार्दै
चिल्लो गाडीमा आइन्छ ।

माछा मार्दै गर्दा
फोन आयो नेताको
आफू त अब कान्तिपुरी गइन्छ
रोजेर मन्त्री भइन्छ
महङ्गो सुटबुट लाइन्छ
मन परे पनि, नपरे पनि
प्रभुकै गीत गाइन्छ
देश, विदेश पनि धाइन्छ
ह्विस्की र बियरमा रमाइन्छ
दुई चार डलर भए नि कमाइन्छ
कसो गरी हुन्छ
आउने दसैँमा
गाउँलेले नचिन्ने गरी
सुकिला मुकिला बन्दै
टल्कने गाडीमा आइन्छ
पजेरोमा हालेर
झक्कले खसी नि ल्याइन्छ ।

दाङ, हाल काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x