साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यत्रो परिवार पाल्दैछु !

Nepal Telecom ad

मैले सोधें– 

घुसको भाउले पनि किन आकाश छुन लागेको ?
पोहोर १०० रुपैयाँ दिँदा काम बनेको थियो
अहिले किन ५०० रुपैयाँ मागेको ?

हाकिमले भने–
पोहोरसम्म त हामी भ्रष्टाचारी मात्रै थियौँ
अब भ्रष्टाचार निवारणवाला पनि आएका छन्,
सरकारी तलब यस्तै हो हजुर,
लालाबाला त तिनका पनि छन् ।

घरका आफ्ना २–४ परिवार पाल्न जागिर खाइयो
कार्यालयका सबै कर्मचारी पनि आफ्नै परिवार जस्तै पाइयो
आफ्नो कार्यालयको निगरानी गर्ने पनि आफ्नै इस्टमित्र भए
पार्टी र संगठनका नेता त झन् सबैका भान्जा भान्जी नै भए ।

तपाईंहरूले मान्नु पर्ने यही दुई चार नियमको भर छ
यतिको आधारमा त्यत्रो परिवार र इस्टमित्र पाल्नु पर्छ
नत्र तपाईसँग धेरै पैसा किन माग्थेँ र हजुर ?
परिवार नै ठूलो भयो, इस्टमित्र नै बढे,
खान लाउन त सबैलाई दिनै पर्छ ।

तपाईं त मेरो आफ्नो मान्छे भनेर ५०० रुपैयाँ माग्दैछु
यही काम गराउन ऊ त्यो अर्को टेबलमा जानु भयो भने
उसले त झन् १००० रुपैयाँ माग्छ, म त सस्तै दिँदैछु
आफूसँग यति थोरै नियम–अधिकार छन्,
यत्तिकै भरमा यत्रो परिवार पाल्दैछु ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x