सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यत्रो परिवार पाल्दैछु !

Nepal Telecom ad

मैले सोधें– 

घुसको भाउले पनि किन आकाश छुन लागेको ?
पोहोर १०० रुपैयाँ दिँदा काम बनेको थियो
अहिले किन ५०० रुपैयाँ मागेको ?

हाकिमले भने–
पोहोरसम्म त हामी भ्रष्टाचारी मात्रै थियौँ
अब भ्रष्टाचार निवारणवाला पनि आएका छन्,
सरकारी तलब यस्तै हो हजुर,
लालाबाला त तिनका पनि छन् ।

घरका आफ्ना २–४ परिवार पाल्न जागिर खाइयो
कार्यालयका सबै कर्मचारी पनि आफ्नै परिवार जस्तै पाइयो
आफ्नो कार्यालयको निगरानी गर्ने पनि आफ्नै इस्टमित्र भए
पार्टी र संगठनका नेता त झन् सबैका भान्जा भान्जी नै भए ।

तपाईंहरूले मान्नु पर्ने यही दुई चार नियमको भर छ
यतिको आधारमा त्यत्रो परिवार र इस्टमित्र पाल्नु पर्छ
नत्र तपाईसँग धेरै पैसा किन माग्थेँ र हजुर ?
परिवार नै ठूलो भयो, इस्टमित्र नै बढे,
खान लाउन त सबैलाई दिनै पर्छ ।

तपाईं त मेरो आफ्नो मान्छे भनेर ५०० रुपैयाँ माग्दैछु
यही काम गराउन ऊ त्यो अर्को टेबलमा जानु भयो भने
उसले त झन् १००० रुपैयाँ माग्छ, म त सस्तै दिँदैछु
आफूसँग यति थोरै नियम–अधिकार छन्,
यत्तिकै भरमा यत्रो परिवार पाल्दैछु ।

बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर